मुसलमान गायक अलिफको पुरा भयो बद्री पंगेनी भेट्ने सपना-स्वर सुनेर सबै चकित भए,बद्रीकै पहिलो गीत गाउदै

यो समयमा सामाजिक संजालमा सर्बाधिक भाइरल भएको एक आवाज हो मुस्लिम गायक आलिफ खान।उनको आवाजलाई लिएर यो समय फेसबुक देखि युटुब तिर सर्बाधिक चर्चा छरिएको छ।उनि चर्चामा आए संगै यो बेला उनको अर्को ठुलो सपना साकार भएको छ।लोकप्रिय गायक बद्री पंगेनी संग उनको भेट भएको छ।कमल सरगमको पहलमा उनलाई बद्री पंगेनी संग भेट गराएका थिए।उनले अघिल्लो अन्तरबार्तामा आफु बद्री पंगेनी संग भेट्ने ठुलो सपना रहेको समेत बताएका थिए।

बद्री पंगेनीले पनि आलिफ खान भेट्दा निकै खुसि भए उनको आवाजको प्रशंसा मात्रै गरेनन आवाज सुनेर उनि अचम्मित समेत भए।आवाजमा देखिएको दम नेपाली लोक दोहोरी क्षेत्रका मै हु भन्ने कलाकारहरुको भन्दा सुमधुर थियो भने उनि जुनसुकै गीत निकै मिठो सैलिमा गाउन सक्ने व्यक्ति समेत भएर देखाएका छन।यो समयमा मिडियाले उनको खोजि गरिरहेको छ।बिगतमा कसैको साथ् र माया नपाएका आलिफ यो बेला दर्शकको माया पाउदा निकै चकित भएका छन भने दर्शक संग उनको अझ नजिक हुने बाटो बन्न थालेको छ।हेरौ आलिफ बद्री पंगेनी र मोहन खड्का संग गरिएको यो बिशेष कुराकानी :