मौसम गुरुङको स्वरमा यम.बी गुरुङको कौडा गीत”मनकी रानी” को भिडियो सार्वजनिक !!

लोकप्रिय गायक कालिका रोका र गायिका यम.बी गुरुङको आवाजमा रहेको कौडा गीत “मनकी रानी” गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा ओम छिनालको शब्द रहेको छ भने सङ्गीत लोकप्रिय गायक मौसम गुरुङको रहेको छ । यो गीतमा अस्मिता गुरुङ ,संगीता गुरुङ ,निशा गुरुङ ,सर्मिला गुरुङ ,लक्ष्मी गुरुङ,अशु गुरुना ,सिर्जना श्रेष्ठ र बिमला श्रेष्ठले अभिनय गरेका छन् ।

यम.बी गुरुङकै निर्देशनमा रहेक उक्त गीत बजारमा आएको छ। भिडियोको सम्पादन भने दिपक बिस्टको रहेको छ। राम के.सीको छायांकन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।
यो गीत निकै चर्चामा रहदै गर्दा गुरुङको अन्य गीतहरु पनि बजारमा आउदै रहेको जानकारी आएको छ।मौसम गुरुङ युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतको सफलताको शुभकामना छ।भिडियो :