‘जीन्दगीको के छ र भर’ हाँसौं बोलौं मरी लैजानु के छ र‘ गुल्मेली कलाकारहरुको समूहद्व्रारा गाइएको एक मौलिक झ्याउरे गीत

स्कटनेपाल,
चर्चित गायिका निर्मला थापा को भर्खरै बजारमा आएको उत्कृस्ट गित ‘जीन्दगीको के छ र भर’ हाँसौं बोलौं मरी लैजानु के छ र‘ गुल्मेली कलाकारहरुको समूहद्व्रारा गाइएको एक मौलिक झ्याउरे गीत लाखौ नेपाली मन मुटु हरु माझ पुगी सकेको छ ।

गायिका निर्मला थापा मगरको सुमुधुर स्वर ले भरिएको मिठो गीतको म्यूजिक भिडियो निर्मलाथापा मगरको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।उनि सगं को कुराकानी मा निकैनै मेहनत गरेर निर्माण गरिएको यस गित लाई पक्कै पनि धेरै दर्शकमान हरुले मन पराई दिनु हुने छ भन्नु हुन्छ ।

गायिका निर्मलाको साथमा सन्तु थापा, प्रसाद खाप्तरी मगर, सुरेस राना मगर, सन्जु थापा मगर, तिलक बस्नेत, पवित्रा सारतुङ्गे मगर, निरु श्रीष मगर लगायतका कलाकारहरुको आवाज रहेको छ उक्त गित मा सुरेश राना मगरको शब्द संगीत रहेको यस गीतको डोलराज बारघरे मगरको एरेन्ज रहेको छ ।

म्यूजिक भिडियोको निर्देशन मधुर बस्नेतले गरेका छन् भने मेक बहादुर थापाको सम्पादन रहेको छ । हेर्नुहोस यो मिठो कोसेली भिडियो लिंक तल छ ।