यही व्यवस्थाले यही व्यवस्थाबाट जन्मिएका हजारौ अपराधीहरूलाई कहिल्यै कारबाही गर्न सक्दैन ।

स्कटनेपाल,

१. लुट तन्त्रको बचाऊ गर्न (अर्थात् अन्याय अत्याचार शोषण भ्रष्टाचार), स्वघोषित बुद्धिजीवीहरु वा यो समाजले समेत बुद्धिजीवी सम्झिएकाहरुले, केही अमूक नेताहरुलाई दोष देखाउँदै आएको देखिन्छ । किन ?

२. गाउँ देखि, जिल्ला, अञ्चल, प्रदेश हुँदै केन्द्र सम्म लादिएको घोर अव्यवस्था के दुई चार नेताको कारणले भएको हो ?

३. यदि केही नेताहरुको कारणले भएको हो भने, तिनीहरू कति जना छन् ? को को हुन् ? कुन कुन पार्टीका हुन ? तिनीहरूको अपराध के के हो ?

४. अपराधीहरू र तिनीहरूको अपराध को लिस्ट तयार पारेर ती बुद्धिजीवीहरूले सार्वजनिक गरेर देखाउन किन सक्दैनन् ? सक्नु पर्ने की नपर्ने ? हिम्मत छ कि छैन ? हिम्मत छैन उनीहरूको, त्यही कारण उनीहरू अमूक कुराहरू गरेर जनता अलमल्याउने प्रयास गरेर ढाकछोप गर्दै छन् । हो कि होइन ?

५. अपराध र अपराधीहरू दुई चार जना, एक दुई दर्जन, एक दुई सय होइन, हजारौं छन् होकी होइन ? होइन भने कति जना छन् लौ गनेर सार्वजनिक किन नगरेको ?

६. यो व्यवस्थाले हजारौंलाई कारबाही गर्न सक्छ कि सक्दैन ? कारबाही चलाउने निकाय तथा अधिकारीहरू तथा पदाधिकारीहरु नै अनेक प्रकारका अपराधमा मुछिएका छन् ।

७. अब भन्नुहोस् कसले कसलाई कारबाही गर्ने ? किन गर्ने, जबकि उनीहरूको तल देखि माथिसम्म एउटै प्रकारको आपराधिक सञ्जाल विस्तार गरिएको छ, ताकि आफूहरु सधैं सुरक्षित रहन सकियोस् ।

८. यही व्यवस्थाले, यही व्यवस्थाबाट जन्मिएका हजारौ अपराधीहरूलाई कहिल्यै पनि कारबाही गर्न सक्दैन । व्यवस्था वा अपराधीहरू मध्ये एउटा फेरौं ।

९. त्यसैले यसको विकल्प के के हुन् सक्छ भनेर गम्भीर प्रकारको राष्ट्रीय स्तरको बहस पैरवी तथा निचोड निकाल्नु पर्ने आवश्यकता भईसकेको छैन र ? कति दशक कुर्ने, त्यो होइन भने ?

१०. कम्तीमा पनि त्यो बहसले नेता आतंक विरुद्धको क्रान्ति छेड्ने वैचारिक तथा कार्यनीतिक रूप रेखा तयार गर्नु पर्ने हुन्छ । त्यो अझै तयार भएको देखिँदैन ।

११. राजनितिमा दुस्मनहरू तथा मित्र शक्तिहरूको किटान गर्नु पर्ने समेत सामान्य सिद्दान्त तथा व्यबहार रहेको हुन्छ । त्यो अन्तर्गत हजारौको संख्यामा रहेका नेपालका अहिलेका नेताहरु नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता तथा नेपाली जनताको समृद्धिका मुख्य दुस्मनहरू हुन ।

१२. ठीक छ मेरो कुराहरुमा सहमत नहुने आधारहरू छन् भने, ती आधारहरू के के होला ? के यो लुटतन्त्र को व्यवस्था वा अपराधीहरू मध्ये एउटा फेर्न आवश्यक छैन ?
अस्तु ।
ए पोख्रेल ।