इन्द्रेणीमा दोहोरी खेलेर भाइरल गोमा ओली र बाल कुमार श्रेष्ठले गाए राजन क्षेत्रीको दोहोरी गीत

काठमाण्डौ । नेपाली लोकदोहोरीलाइ निकै माया गर्ने लोकप्रेमी तथा समाज सेवी राजन क्षेत्रीको उत्कृष्ट शब्द सिर्जना रहेको नयाँ गीत काँचको कचौरा भर्खर मात्र सार्वजनिक भएको छ ।निकै उत्कृष्ट शब्द तथा सोहि अनुसारको लय सिर्जना रहेको गीतमा बालकुमार श्रेष्ठ र गोमा ओलीको आवाज रहेको छ । गीतलाई खेम पुनले निकै सुमधुर लय सिर्जना गरेका छन ।

काजीश श्रेष्ठको निर्देशन रहेको गीतमा महेन्द्र गौतम,काजीश श्रेष्ठ,विमल अधिकारी,सगुन शाही,साया भण्डारी र अनुपा अधिकरीको अभिनय रहेको छ । गीतको सम्पुर्ण पक्ष दमदार रहेको छ ।हाल अमेरीकामा रहेका सर्जक क्षेत्री गीत सार्वजनिक भएपछि हामीसँग कुरा गर्दै दर्शक स्रोताले गीतलाई माया गर्नेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

गीतको पुरै भिडियो यस्तो छ