बिचल्ली परिवारको लागी गुल्मी दिब्रुङ शारदा बिद्यालयको सहयोग

स्कटनेपाल, महेश बोहरा गुल्मी,

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा वडा नम्बर ८ मा बिचल्लीमा परेका एक परिवारको लागी बिद्यालयले आर्थिक सहयोग गरेको छ । किसिकोट गाउँका डिल बहादुर गाहा बिगत लामो समय देखि प्यारालाइसिस रोगले पिडित थिए । उनको मंसिर १७ गते ५७ बर्षको उमेरमा मुत्यु भएको हो । परिवारमा अन्य कमाउने मान्छे कोही नभएको र स साना ४ सन्तान र श्रीमतिको बिचल्ली भए पछि सामानिक सञ्जाल मार्फत सहयोग गर्न थालिएको छ ।

केही समय अघि पत्रकार महेश बोहरा र स्कट नेपालका टिका अधिकारीको पहलमा उक्त भिडियो सामाजिक सञ्जालमा आएको थियो । सोही भिडियो पश्चात देश तथा बिदेशमा रहनुहुनेहरुले समेत आर्थिक सहयोग गरिरहेका छन। सोही बिचल्लीको परिवारको लागी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिब्रुङमा रहेको शारदा माध्यमिक बिद्यालयले केही सहयोगको साथमा उहाँहरु कै घरमा पुगेर भेटघाट गरेको शिक्षक बिष्णु गौतमले जानकारी दिनुभयो ।

बिद्यालयका शिक्षक तथा बिद्यालय ब्यवस्थापन समिति अध्यक्षको पहलमा नगद ७ हजार ५ सय १५ रुपैया संकल्न गरेर सो पविारलाई हस्तान्तरण गरिएको शिक्षक बिष्णु गौतमले जानकारी दिनभयो । सहयोग गर्नुभएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामेश्वर अर्याल, शिक्षक अभिवावक समिति अध्यक्ष गोपाल अर्याल, प्रध्यानाध्यपक रामप्रसाद अर्याल र शिक्षक बिष्णु गौतमको पहलमा सो रकम सहयोग गरिएको छ ।

शोक कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक रामप्रसाद अर्यालले सो परिवारका ४ जना सन्तानलाई निशुल्क कक्षा १२ सम्म पढ्ने ब्यवस्था गर्ने बताउनुभयो । हालसम्म सो परिवारको लागी अनुमाति २ लाख जति रकम जम्मा भएको र सहयोग गर्नेहरु बढ्दै गएको सामाजिक अभियान्ता टिका अधिकारीले जानकारी दिनुभयो । सो परिवारलाई आर्थिक सहयोग गर्न चाहानेले युकेमा टिका अधिकारी र नेपालमा पत्रकार महेश बोहरालाई सम्पर्क गरी सहयोग गर्न सक्नेछ। जसको लागी मेघा बैकं तम्घास एकाउन्ट नम्बर ०४९००५००६८९०० मा अस्विन बोहराको नाममा जम्मा गर्ने सकिने छ ।

भिडियो पनि हेर्नुहोस :