रमेश र नन्दामा जुठो ख्वाउदा यस्तो सम्म भयो, रमेशको गितमा दाई र दिदीको दमदार टक्कर, नन्दा हासेर भुतुक्कै (भिडियो सहित)

झापा । गायक तथा प्रखर वक्तारमेश प्रसाई र नन्दा सिंह हिजो विवाह वन्धनमा बाँधिएका छन। कालीकोटकी नन्दा सिंहसँग र धरानका रमेश प्रसाईं लगनगाँठो कसेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् । हिजो सोमबार का दिन दुवैको विवाह भब्य रुपमा भएको छ । हिजो बिहेकै दिन नन्दा पनि भरिभराउ भएर सजिएकी थिइन ।नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् ।३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए ।

३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ ।अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । रमेश प्रसाईले नन्दा सिंहको सिउदो सजाउने बेलामा एक्कासी महोल रमाइलो बनेको थियो, भिडियोमा हेर्नुहोला ।