एक आयुर्वेदकर्मीको खुल्ला पत्र ईटहरी उप-महानगरपालिकाका उपमेयरलाई

वेदलाइ पुजा गर्ने हाम्रो समाजले नै वेद कै एउटा अंग आयुर्वेदलाई नपत्याउने कस्तो विडम्बना !

उपमेयरज्यू , नमस्कार‌

यो महामारी को विकट परिस्थिति बिच पनि तपाईं जब Covid -19 बाट संक्रमण भएका ईटहरी को जनताको घरदैलोमा गुर्जोसहित पुग्नु भएको समाचार मैले पढे म अत्यन्तै उत्साहित भए । आज संक्रमितलाई समाज ले बहिष्कार गरेको यस्तो बिकट समयमा यहाँको उल्लेखनीय सहभागिताको ह्रदयदेखि नै सराहना गर्दछु।


सबिता निरौला

तपाईंको यो कार्य ले तालि र गाली दुबै पाउनु भएको देखियो । तर जसले जे भने पनि पर बाट मैले हेर्दा यो महामारी मा इटहरी को जनता प्रति तपाईं को उत्तरदायीत्व धेरै राम्रो देखे । राम्रो काम गर्ने को जहिले पनि आलोचना भएको पाइन्छ किनकि राम्रो काम गर्न नसक्ने हरु लाई राम्रो काम गर्ने मानिस आफु भन्दा अघि बढ्छ भन्ने कुरा ले सताएको हुन्छ ।

तर पनि तपाईं दिन रात नभनी हिँडेरै जनताको घरदैलोमा पुगेर समाजिक सद्भाव जोगाइराख्न तल्लिन यस कामको बिरोध हैन सहयोग गरि तपाईं को होस्टे मा हैंसे मिलाएर हिड्न सकेको भए सुन मा सुगन्ध थपिन्थ्यो होला । तर पनि तपाईं कति बिचलित नभई हिडिरहनु भयो , तपाईंको यो साहसलाई सम्मान गर्छु म ।

जहाँसम्म गुर्जोको कुरा, गुर्जोले के गर्छ र के गर्दैन भन्ने थाहा नै नपाई समाजिक सञ्जालमा गुर्जोको आलोचना गर्न खोज्नु भन्दा एक पटक आयुर्वेद चिकित्सकहरुलाई सोधेर हेरेको भए हुन्थ्यो कि भन्ने आलोचना गर्ने महानुभावहरुलाई मेरो सुझाव । हामी वेदलाइ पुजा गर्ने अनि वेद कै एउटा अंग आयुर्वेदलाई नपत्याउने ?

गुर्जो खोज्दै उपमेयर गौतम

उपमेयरज्युको गुर्जो प्रतिको बिस्वासलाई म आयुर्वेदकर्मीको नाताले नतमस्तक हुदै धन्यवाद भन्न चाहन्छु ।

दिदी आयुर्वेद औषधालयहरुलाई पनि यो अभियान मा सहभागी गराउनु भएको भए झन राम्रो हुने थियो किनभने गुर्जोसंगै आयुर्वेदमा यस्तो धेरै औषधि जन्य जडिबुटी हरु हाम्रो घर आँगन मा छन् जसको प्रयोग ले यो महामारीबाट हुने नोक्सानलाई धेरै हदसम्म कम गराउन मद्दत गर्नेछ ।

यो संकटको घडीमा हाम्रो आयुर्वेद कर्मी साथि हरु परिचालन गरेर जनमानसमा जनचेतना जगाउन सकिन्छ । महामारी फैलिएको यो संकटको घडीमा हाम्रो नरदेवी आयुर्वेद हस्पिटल पनि त्यही कार्य मा लागि परेको छ।

आयुर्वेद भनेको औषधि सेवन मात्र होइन, योगाभ्यास ,रहन सहन, आहार विहार पनि हो जुन कुरा स्वास्थ्य रहन को लागि अत्यन्त जरुरी हुन्छ, जसको व्याख्या आयुर्वेद शास्त्र मा गरिएको छ ।

संकटको यो घडीमा फुटेर हैन जुटेर अगाडि बढ्नुपर्ने कुरामा हामी सबैले जोड दिनु पर्छ। काम गर्ने मानिस को खुट्टा तान्ने धेरै हुनेछन् तर त्यसको प्रभाव तपाईं लाई पर्ने छैन भन्ने विश्वास छ मलाई ।

अन्त्यमा दिदीको काम प्रति को लगाव लाई सम्मान गर्दै , आउने दिनहरुमा हामी ईटहरीको जनता र हाम्रो आयुर्वेद दुबैले यहाँको अभिभावकत्व पाइरहने कुरामा विश्वास राख्दै बिदा चाहन्छु ।

-सबिता निरौला , नरदेवी आयुर्वेद हस्पिटल काठमाण्डौ

होम आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमित भेट्न घर–घर पुग्ने गरेकी इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम गुुर्जो खोज्न जंगल जान थालेकी छिन्। चिकित्सकले समेत रोगसँग लड्न प्रतिरोधी क्षमता बढाउने उपयोगी जडिबुटी भनेपछि त्यसलाई खोज्न उपमेयर गौतम इटहरी–३ मा रहेको घना जंगलमा सहयोगीहरूसहित पुगेको बिषयबारे सबिता निरौलाले आफ्नो फेसबुकवालमा पोस्ट गरेको पोस्टबाट । -स्वदेशनेपाल