कुशे औंशीमा बर्त बस्नेले केके गर्नु पर्छ ? पिथौडा अमावस्या ब्रत विधि, बुबाको मुख हेर्ने दिन २०७७

आफ्ना पुजनीय बुवालाई सम्मान र भक्ति प्रकट गर्दै बुधबार बुबाको मुख हेर्ने दिन मनाइदैछ । अन्धकार रुपी संसारमा ज्ञान एवं कर्मको दिब्य ज्योती प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गूरुका रुपमा रहेका पीतालाई छोराछोरीहरुले मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडा लगायतका विभिन्न वस्तुहरु दिदै बुबाको सम्मान गर्ने गर्दछन् ।

भाद्र कृष्ण औशी कुशे औशीका आफ्ना बाबुको सम्मान गरिने परम्परा छ । यो दिन बाबु हुनेहरुले आफ्ना बुबाको योगदानको कदर गर्दै सम्मान गर्ने गर्छन् । बुवालाई पिता, बाबा, तात ड्याडी, पापा आदि शब्दले पनि चिनिन्छ । यो दिनलाई अर्को शब्दमा पीतृऔंसी, पीतृदिवस, गोर्कण औंसी, कुशे औंशी आदि पनि भनिन्छ ।

आमापछिको द्वितिय गुरुका रुपमा शास्त्रले बर्णन गरेको छ । महत्वपुर्ण धार्मीक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पीतालाई संरक्षण गर्ने , रक्षा गर्ने र पालनपोषण गर्ने चरित्रका रुपमा शास्त्रमा उल्लेख छ ।