इन्द्रेणीकि बाल गायिका आयुसा गौतमले खेलेको अमृत सापकोटा र समिक्षा अधिकारीको स्वरमा यस्तो बन्यो ‘क कछुवा’

पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल चर्चित गायक अमृत सापकोटा र समिक्षा अधिकारीको सुमधुर आवाजमा रियासा गिरीको लोकदोहोरी गीत’क कछुवा’बजारमा आएको छ।गीतमा यो समय सबैतिर टिकटक भाइरल भैरहेको छ।गीतमा लय भने खेम सेन्चुरीले गरेका छन। गीतमा शब्द भने नेत्र अर्यालको रहेको छ।

सबैको मन जितेको बाल गायिका आयुसा गौतमले उक्त गीतमा अभिनय गरेकी छिन भने उनलाई रोहित ले साथ् दिएका छन।एता चर्चित मोडल दुर्गेश थापा र रियासा गिरीको मुख्य भूमिका गीतमा देख्न सकिन्छ।शुभारम्भ डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गीतमा निर्देशन भने शिब बिकले गरेका हुन्।भिडियो छायांकन भने ज्ञानेन्द्र शर्माको रहेको छ।गीतको टिमलाई हार्दिक शुभकामना ब्यक्त गर्दछौ।