‘जस्टिस फर निर्मला’ भन्दै ४ लाख भन्दा बढी कमेन्ट ! के अब निर्मलाले न्याय पाउलिन ?

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै प्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्ष नेताको प्रोफाइल पिक्चरमा युवाहरूले कमेन्ट गर्न थालेका छन् ।

आइतबार बिहानदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताका प्रोफाइल पिक्चरमा ‘जस्टिस फर निर्मला’ भन्दै कमेन्ट गर्न थालिएको हो ।

यो ट्रेन्ड पहिलो पटक प्रधानमन्त्री ओलीले सन् २०१६मा राखेको प्रोफाइल पिक्चरमा कमेन्ट गरी सुरू भएको हो। प्रधानमन्त्री ओलीको तस्बिरमा मात्रै चार लाखभन्दा बढी कमेन्ट भइसकेका छन् । जसमा धेरैजसो निर्मलाकै न्यायका लागि माग गरिएको छ ।