चर्चित गायक बेग रानाले आफ्नै युटुब च्यानल मार्फत ल्याए तीज गीत ‘बरिलै’

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै प्रबासमा बस्दै नेपाली लोकदोहोरीलाई उचाइमा पुर्याउन लाग्दै गरेका चर्चित गायक बेग रानाको मौलिक तीज गीत ‘बरिलै’बजारमा आएको छ।दिदि बहिनीले भोग्नु परेको पिडा र तीजको समयमा पनि चेली बिदेशमा रहनु पर्दाको घटनालाइ जोडेर उक्त गीत निर्माण गरिएको छ।

बेग रानाले पहिलोपटक आफ्नै च्यानलमा गीत राखेका छन।बेग राना अफिसियल नाम रहेको युटुब च्यानलमा उक्त गीत सार्बजनिक गरेका हुन्।रानाकै शब्द तथा लय रहेको गीतमा स्वर भने बेग राना र मन्जु लोवतीको रहेको छ।निसान एस के ले निर्देशन गरेको भिडियोको सम्पादन भने दिपक गिरीले गरेका हुन। भिडियोमा दिनेश काजिसाप,पुजन घिमिरे,प्रशंसा लगाएतका कलाकार रहेका छन।भिडियो निकै मार्मिक र मौलिक बनेको छ।भिडियो हेर्नुहोस् :