युबराज मगरले तीजको नाममा छाडा गीत गाएपछि -भिडियो

पछिल्लो समय प्रिती आलेले गाएको तीजगीतहरु निकै बिबादमा आउने गरेको पाईएको छ।त्यसैले पनि होला उनले फेरी पनि अर्को बिबादित तीज गीत बजारमा ल्याएकी छिन।केहि दिन अगाडी लरी लै फरिया गीत ले बिबादमा तानिएकी आलेलाई खासै छोएन त्यो गीतले न त उनलाई बिबादलेनै कुनै समस्या गरायो।

उनको उक्त गीतमा समर्थन र बिरोध दुवै जोडिएर कमेन्टहरु भेटिन्छन।सोहि गीत आएको केहि दिन बित्न नपाउदै गायक युवराज मगर संग मिलेर अर्को बिबादित गीत बजारमा ल्याएकी छिन।गीतमा युवराज मगर र चर्चित सर्जक प्रलाहद सुबेदीले शब्द कोरेका छन।गीत निकै बिबादित शब्द र भिडियोमा पनि उक्तिकै बिबादित दृश्य प्रयोग गरिएको देखिन्छ।एता युबराज मगर भने केहि समय देखि मौलिक गीत बजारमा ल्याउने कलाकारको रुपमा चिनिदै आएका थिए अकस्मात उनीलाई पनि भाइरालको भुत चढेको छ।युबराज मगरले सगीत गरेको सो गीतमा प्रिती आले,युबराज मगर ,रमेश बाबु थापा बिष्णु मगर लगाएतले अभिनय गरेका छन।गीतको भिडियो यस्तो बनेको छ :