नबराज बिकको जीवन कथामा बन्यो यस्तो रूहाउने चलचित्र(हेर्नुहोस्)

केहि समय अगाडी रुकुममा घटेको दलित विभेद बिचको खाडल चिर्नको लागि एउटा फरक र मार्मिक कथा सहितको छोटो चलचित्र निर्माण भएको छ।अधुरो प्रेम नाम दीइएको चलचित्रमा नवराजको घटना छर्लङ् पारिएको छ भने नवराज जस्तै दलित हुनालेनै प्रेममा पर्ने बाधाको बिषयलाई बिशेष चित्रण गरिएको छ।

यो समय जातियाताको बिषयमा निकै आवाज उठे तर बोल्न पर्नेहरु नबोलेको हुनाले पनि यस बिषय झन् जटिल बन्दै गएको छ।भोलि जातीय विभेद चर्कियो भने यसको परिणाम के आउला भन्ने कसैले सोचेको छैन साहेद त्यसैले पनि यी चलचित्रको निर्माण भएको हुन पर्छ।चलचित्रमा दलित प्रेमीको रुपमा सुरेन खड्का रहेका छन भने माथिल्लो जातीय भूमिकामा पार्वती महत रहेकी छिन।हेरौ यो निर्माण गरिएको भिडियो :