स्पर्श : पुरुष को प्रेम तबसम्म हुन्छ जबसम्म महिलालाई उसले स्पर्श गर्दैन ।

सन्तोष कार्की मौसुफ

पुरुष को प्रेम तबसम्म हुन्छ जबसम्म महिलालाई उसले स्पर्श गर्दैन । जबसम्म उसले ति महिलालाई छुएको हुँदैन तबसम्म उनको लागि ति महिला सारा संसार नै हुन्छिन ।

र जसरी महिला उसलाई भरोसा गर्न थाल्छे आफ्नो संसार सम्झिन थाल्छे, उसलाई आफ्नो सबैकुरा सम्झिन्छे । तब अचानक उस पुरुषलाई ति महिला घृणित लाग्छ , चरित्रहीन लाग्न थाल्छ । किन… उन महिलाले त उसलाई भगवान् मान्न थाल्छे उसको राम्रो नराम्रो आदत लाई केही सोच्दिन…|

तर पुरुष ले माया गरेकै हुँदैन थियो , उत सिर्फ महिलाको शरिर लाई पाउन चाहन्थ्यो । उसको भावना उसको प्रेम उसको महिला प्रतिको सम्मान एक देखावटी मात्र हुन्छ ।

यो सब यहीँ ओछ्यान सम्म आउन चाहन्छ महिलाको साथ। यदि पुरुष यत्ति नै पबित्र हुन्छ भने किन उ प्रत्येक महिलालाई बासनाको नजरले हेर्ने गर्छ ।

किन स्पर्श गर्न चाहन्छ हरेक महिलालाई र जुन हातले उ कुनै अपरिचित महिलालाई छुन्छ भने किन तिनै हातले आफ्नो श्रीमतिलाई छुन्छ । यदि एक पुरुष ले छुदैमा महिला अपबित्र हुन्छेभने उनै महिलालाई छुएर त्यो पुरुष कसरी पबित्र हुनसक्छ ।

उनै अपबित्र हातले छुनबाट उसको श्रीमती उसको छोरी कसरी पबित्र रहन सक्छन् ।

जुन खेल उ घरबाट बाहिर हरेक दोस्रो महिला को साथ खेल्न चाहन्छ ….. यहीँ खेल उसको आफ्नो श्रीमती या छोरी को साथमा अरु कसैले खेलिरहेको छ भने…

के उसले अपनाउछ होला , या फ़ेरि आफुले आफैलाई माफ गर्न सक्ला??

जुन पुरुष ले यस्तो हर्कत गर्दैछन् यो पोस्ट मा सिर्फ उनैको कुरा लेख्ने प्रयास गरेको हुँ । बाकी पुरुष हरुलाई भनेको नठान्दिनुहोस् । यो मेरो पोस्ट सहि छ या गलत यो कुरा धेरैजसो महिलाहरू ले राम्रोसँग बुझ्नेछ्न । जसको साथमा यस्तो भएको छ, या हुँदैछ । बाकी कसैलाई यो कुरा देखि गलत लागेमा माफी चाहन्छु ।।