यसरी छमछमी नाचिन् हिमानी शाह २ छोरीसंग (हेर्नुहोस भिडियो)

काठमाडौ । पुर्व राजा ज्ञानेन्द्र शाहका परिवारलाई हामिले सामाजिक सञ्जालमा कमै देख्न पाइन्छ । तर पछिल्लो समय भने पुर्व राजा ज्ञानेन्द्र शाहका नातिनीहरु सामाजिक सञ्जालमा निकै देखिन्छन् ।

पूर्वयुवराज्ञी हिमानी शाहकी पुर्णिका शाह पनि सामाजिक सञ्जालमा सक्रिय हुन थालेकी छिन् । केही समयदेखी उनले सामाजिक सञ्जालमा आफ्ना कुराहरु पोष्ट गर्दै आइरहेकी छिन् । यस्तै हालै शाह परिवारको एक टिकटक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।
हालै सार्वजनिक टिकटक भिडियोमा हिमानी शाहलाई पनि टिकटकमा नाच्दै गरेको देखिएको छ । उक्त टिकटक भिडियोमा हिमानी आफ्नी छोरिहरुसँग नाचेकी छिन् । आमा हिमानीसँगको उक्त टिकटक भिडियो छोरी पुर्णिकाले आफ्नो टिकटक आईडिमा हालेकी छिन् ।

उनले टिकटकमा उक्त भिडियो हाले लगत्तै धेरैले हेरिसकेका छन् । टिकटकमा २ छोरीहरु संगै हिमानीले गायक सबिन राईको गीत ‘गुरासको फेदमुनी’मा ताल मिलाउदै नाचेकी छिन् ।