एकदिन गोष्ठी सेमिनार र सभाहरूमा पुगेर महिला अधिकारका भाषण दिएर भब्य नै हुन्छ त नारिदिवस?

लक्ष्मि पौडेल, टोकियो जापान

नेपालको सन्दर्भमा पुरुषप्रधान,पितृसतात्मक सोचको कारणले महिलाहरु पछाडि पारिनु केहिहद सम्म सत्य हो,भने मेरो विचारमा महिलामाथि हुने हिंसाका घटनाहरु नेपालको कानुनमा कडाई नहुनु अझै भनौं जसलाई जे मन लाग्यो त्यहि गरे हुने ,डरलाग्दा घटनाहरुमा पनि राजनितिक संरक्षणमा भित्रभित्रै चुपचाप छुपाउने परिपाटिले गर्दा पनि विकराल समस्याहरु वढिरहेका छन।नेपालि समाजमा घरेलु हिंसाका घटनाहरु पनि ब्याप्त छन, कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त जस्तै हजाराैं निर्मलाहरु वलत्कारपछि हत्या गरिन्छन,दुई वर्षका वालिका देखि सत्तरि वर्षका आमाहरु घरभित्रै वलत्कृत हुन्छन,विद्यालयमा भविष्य खाेज्दै गरेका चेलिहरु आफ्नै गुरुवाट जवरजस्ति याैनशाेषणमा पर्दछन।

त कतै एउटि महिला गाउँकै अन्य महिलाबाट बोक्सीको आरोपमा निर्घात पिटिन्छिन र मानव मलमूत्र सम्म खुवाइन्छ। त कतै तिनै वलवान मानिएका पुरुषद्वारा महिलामाथि एसिड प्रहार हुन्छ। यि त नेपालि समाजका प्रतिनिधिमूलक घटना मात्रै हुन। घरेलु हिंसा , बोक्सीकाे आरोप, छाउप्रथा, यौन शोषण, दाइजो प्रथा , चेलिवेटि बेचबिखन लगायतका अपराधहरु अझै पनि उन्मुलन हुन सकिरहेका छैनन।

अपाङ्गता भएका महिलाहरुका पिडा अझै दुखदायि छन।महिला शशक्तिकरण भाषणमा मात्रै सिमित रहंदा हाम्राे समाजमा त्यस्ता महिलाहरु छन जो घरको चुलो चौकोमा मात्र सिमित छन् ।दाईजाेकाे नाममा श्रिमान तथा आफ्नै सासु र नन्दवाट हरेक यातनाहरु सहेर गर्भवति भएकाे ६ महिना पुग्दा सम्म स्वास्थ्यस्थिति चेकजांच गर्न नपाएका घरपरिवार विग्रने डरमा घरभित्रै कुटपिट र शाेषित हुंदै ,बाहिरी दुनिया सँग परिचित हुन नपाएका महिलाहरुका समस्या पनि डरलाग्दा देखिन्छन। यातनावाट गुज्रिरहेकि ति नारिका वगिरहेका आंसुहरु देख्दा लाग्छ हिंसा र दमन नारी माथि नै गरिएको छ।

हिँसा सहेर बस्नु आफैमा घातक हो।भित्र हिँसा सहेर बाहिर देखावटि गर -गहना सुख सुविधाले भरी भराउ भएर बाँचेकी एक नारी भन्दा स्वतन्त्र आत्मसम्मानले एक छाक खाएर बाँचेकी नारी महान हुन्छिन।देशकाे उच्च ओहदामा पनि महिला नै भएकाे मेराे देशमा विडम्वना! चुईंक्क आवाज निस्किंदैन।महिलाका अधिकारहरु कागजकाे खाेस्रामा मात्रै सिमित भए। एकदिन गोष्ठी सेमिनार र सभाहरूमा पुगेर महिला अधिकारका भाषण दिएर भब्य नै हुन्छ त नारिदिवस?

यस्ता हिंसाको अन्त्य जरुर हुनुपर्दछ भने अर्कोतिर श्रीमानले विदेशमा पसिनाको मूल्य वेचेर संघर्षले कमाएको पैसा मोजमस्तिमा उडाउंदै कलिला वच्चाको विचल्लि पारी अर्कै पुरुषसंग नाता गांसेका महिलाका उदाहरण पनि नौला विषय भने होईनन।कुनै १ जना महिला अगाडि वढ्न खोज्यो भने उसलाई पछाडि धकेल्नकाे लागी लस्करमा वसि महत्वपुर्ण समय खर्चिने महिलाको पनि लस्कर हुनेगर्छ।देश छोडि विदेशिको गुलामी गर्दासम्म एकअर्कालाई पछार्न खोज्ने धन,पैसा गहना र दाैलतसंग तुलना गर्ने र कुरा काटेर महत्वपुर्ण समयको वर्वाद गर्ने प्रवित्ति र हरेक क्रियाकलापहरुमा श्रीमानकै भर पर्ने आफुलाई रुपैयां पैसाकाे खांचो पर्दा पनि हात थाप्नुपर्ने अवस्थाले गर्दा पनि हामि महिलाहरु पछाडि परेका हाैं कि?

हाम्रा श्रिमान तथा दाजुभाईहरुले पनि आमा, छोरी र बुहारी विना धर्तीकाे सृष्टि हुन सक्दैन भन्ने कुराकाे हेक्का राखाैं देखावटि सञ्जालमा शुभकामना भन्दै तस्विर सजाउंदा गर्ने ब्यवहारदेखि हरेक कार्यमा सहयाेग गर्न नविर्साैं। असल बुहारि खाेज्ने तर छाेरि जन्मदा नाक खुम्चाउने, भ्रुणमा छोरी छ भनेर थाहा पाएपछी हत्या गर्ने नेपाली समाजमा व्याप्त रहेकाे महिला-महिला बीचको विभेद,महिला-पुरुष बीचको विभेद तथा नारी भ्रुण हत्या प्रचलनकाे अन्त्य हाेस । नारि दिवसको १ दिन नारि आवाजहरु उठाउंदै दिने भाषणलाई वाेल्ने र सुन्नेमा मात्रै सिमित नगरि आफ्नाे दैनिकि वनाओैं।

समाजमा राम्रो कार्यमा अग्रसर भईरहेका महिलाहरुलाई मनैदेखि सम्मान गर्र्दछु। सबैले नारीको सम्मान गराैं। सोचलाई अलिकति वदलौं कुरा भन्दा काम गरौं। दुई सय रुपैयांको लागि पुरुषकै भर नपरौं,आत्मनिर्भर वन्न सिकौं,आफु वनौं,परिवार वनाऔ देश आफै वन्नेछ।अन्तराष्ट्रिय महिला दिवसको सम्पूर्ण नारीहरुमा शुभकामना।