इजिप्टको ‘मिस इको इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व अनुश्मा

काठमाडौं । इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०२०’ नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् ।
मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले शनिबार दरबारमार्ग स्थित भेला नेपाली किचेनमा आयोजित एक कार्यक्रमका बीच प्रतियोगी सार्वजनिक गरेको हो ।

कार्यक्रममा मिडियाले लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को क्राउन समेत लगाइदिएको छ । रायमाझीलाई गत बर्षकी मिस इको इन्टरनेशनल विजेता मुना गौचनयले उनलाई ताज लगाई दिएकी थिइन् ।

रायमाझीले आगामी मार्चमा ईजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०२०’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुन् ।

रायमाझी नेपालको पाँचौ सहभागी हुन् । यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले सहभागिता जनाएका थिए ।
मिस इको नेपालको उपाधी लगाएपछि रायमाझीले अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउने एक अवसर प्राप्त भएको बताएकी छन् । २० बर्षीया पुरानो बानेस्वर निवासी रायमाझीले भनिन् ‘प्रतियोगीतामा कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थान प्रचार गरेर भिजिट नेपाल २०२०को समेत प्रचार गर्नेछु ।’

मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तराष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य बिश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्ने रहेको छ ।

गतबर्षकी सहभागी मुना गौैचन प्रतियोगीताको टप २० मा पुग्न सफल भएकी थिइन् । यस बर्षकी सहभागीले उपाधि जित्न सक्ने बिश्वास आफुलाई लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।
२०१५ देखि ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा चुनिएकी हुन् ।