चलचित्र पत्रकार संघमा केन्द्रीय प्रतिनिधिमा सन्तोस र तेजन

काठमाडौं । चलचित्र पत्रकार संघ प्रदेश १ को दोस्रो अधिबेशनले पुर्ब अध्यक्ष सन्तोस राई र पत्रकार तेजन खड्कालाई केन्द्रिय पार्सदमा चयन गरेको छ

लामो समय देखि मोफसल र राजधानीमा निक्कै सकृय राई र खड्कालाई सर्बसम्मत पार्सदमा चयन गरेको हो। उनिहरु दुबै जना केन्द्रिय समितिमा मतदान र उम्मेदवारी दिन पाउनेछन ।

यसैगरि नरेन्द्र बस्नेतको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यसमिति सर्बसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा धरानकी सञ्जु राई सचिबमा बिराटनगरका बिरेन्द्रकुमार शाह,सहसचिबमा बिर्तामोडका रमेश तिवारी र कोषाध्यक्षमा उर्लाबारीका किशोर श्रेष्ठ चयन भएका छन ।

यस्तै सदस्यहरुमा लक्ष्मीकुमार तामाङ्ग (उर्लाबारी) भास्कर श्रेष्ठ (विर्तामोड),मौषमी कार्की (धरान),मनिष दास (विराटनगर) र सुवास श्रेष्ठ (ईटहरी) रहेका छन् ।समितिमा विभिन्न जिल्लाबाट २ जना सदस्य मनोनित गरेर राख्ने व्यवस्था गरेको छ ।

नवनिर्बाचित अध्यक्ष बस्नेतले प्रदेश १ का १४ वटै जिल्लामा रंग पत्रकारिता गरिरहेका सक्रिय पत्रकारहरुलाई संगठित गर्ने र उनीहरुको क्षमताबृद्धि लगायत उनीहरुको हक हितका लागी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताएका छन । प्रदेश १ मा हाल ३ दर्जन बढी सक्रिय रुपमा रंग पत्रकारिता गर्ने पत्रकारहरु रहेका छन ।