श्रोता नचाउने गीत ल्याए गायक रवि ओडले गायिका बिना र नायिका वर्षाको साथमा

नेपाल आइडल 2 रवि ओड नाच्ने र नचाउने गीत लिएर आएका छन्। पछिल्लो समय स्टेज सो हरूमा उनको माग अत्याधिक बढ्दो छ। यसैलाई ध्यानमा राखेर उनले दर्शक श्रोताहरूलाई नचाउने गीत ल्याएको अनुमान लगाउन सकिन्छ।उनको यो प्रतीक्षित गीत “भयो हतार” खुशी इन्टरटेनमेन्टको युट्युबबाट म्युजिक भिडियो सहित युट्युबबाट सार्वजनिक गरिएको छ। सुदुर पश्चिमलाई प्रतिनिधित्व गर्ने गायक रवि ओड नेपाल आइडल २ जितेर चर्चामा आएका हुन्। गीत अहिलेको बजार सापेक्षिक रहेकोले दर्शक श्रोताहरूले मन पराउने र चल्ने विश्वास रविले लिएका छन्। डान्सिङ प्याटर्नको यस युगल गीतमा उनलाई गायिका बिना भट्टराईले साथ दिएकी छन्।

बेलायतमा बसेर गीत गजल लेखनमा सक्रिय नृपेश उप्रेतीको शब्द रहेको यस गीतका संगीतकार रवि मल्ल हुन् भने संगीत संयोजन दिक्षित पौडेलले गरेका हुन। रवि मल्ल स्वयंमा पनि राम्रा गीतकार हुन्। उनको शब्दको गीत “तिम्रो मायाले बाँधेर राख” पछिल्लो समय निकै चर्चित बनेको थियो। सार्वजनिक गीतमा “वर्षा राउत”लाई मोडल श्रवन न्यौपानेको साथमा आधुनिक र परम्परागत पहिरनमा निकै आकर्षक रूपमा प्रस्तुत गरिएको छ। “भयो हतार”को म्युजिक भिडियोलाई राम्रो र भव्य बनाउन निकै मेहनत गरिएको देखिन्छ। शक्ति प्रज्वल घिमिरेले निर्देशनमा बनेको भिडियोलाई चर्चित छाँयाकार उत्सव दहालले खिचेका हुन् भने स्वयं निर्देशक घिमिरेले सम्पादन पनि गरेका हुन। यश भिडियोका नृत्य निर्देशक प्रविन थापा हुन्। खुशी इन्टरटेनमेन्टको प्रस्तुति “भयो हतार” लाई व्हाइट मिडियाले निर्माण गरेको हो।