मकवानपुर जागरण अभियान नेपालले चलचित्र ‘कोपीला’ को बिशेष च्यारेटी शो आयोजना गर्ने

मकवानपुर जागरण अभियान नेपालले चलचित्र ‘कोपीला’ को बिशेष च्यारेटी शो आयोजना गर्ने भएको छ । आगामी माघ १० गते हेटौडाको एनएस सिनेमाहलमा आयोजना गरीने च्यारेटी शो बिशेष कार्यक्रमका साथ आयोजना गरीन लागिएको मकवानपुर जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोईरालाले बताउनु भयो । शुक्रबार हेटौडामा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कोईरालाले च्यारेटी मार्फत उठेको रकमबाट स्व निर्मला पन्तको परीबारलाई ५० हजार सहयोग गरीने समेते बताउनु भयो । च्यारेटी शो का दिन निर्मलाको परीबारलाई हेटौडा बोलाएर रकम हस्तान्तरण गर्ने समेत उहाँले बताउनु भयो ।

यस अघि गत बर्ष पंचायत चलचित्र च्यारेटी गरेर सामाजिक कार्य गरीएको बताउदै उहाँले यो बर्ष पनि उठेको रकमबाट निर्मला पन्तको परिबार संगै अन्य सामाजीक क्षेत्रमा सहयोग गर्ने समेत बताउनु भयो । च्यारेटी शो कार्यक्रममा चलचित्रका कलाकारहरुको समेत उपस्थीतीरहने बताईएको छ । बिशेष गरी तल्लो बर्गलाई सहयोग गर्ने उदेश्यका साथ आयोजना गरीने च्यारेटी शो सहयोग गरीदिन सम्पुर्ण महानुभाबहरुमा अध्यक्ष कोईरालाले बताउनु भयो ।

पत्रकार सम्मेलनमा चलचित्रका निर्माता मणिराज गौतमले कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बल्तकारपछि भएको हत्याको बिषयमा चलचित्र ‘कोपीला’ बनेको बताउनु भयो । चलचित्रलाई पहिलो पटक च्यारेटी मार्फत दर्शकहरुमा देखाउन लागीएको समेत गौतमले बताउनु भयो । यो चलचित्रले सामाजीक कथा बोकेको भन्दै स्व निर्मला पन्तको परिबार संग अनुमती लिएर चलचित्र बनाएको निर्माता गौतमले बताउनु भयो । चलचित्रलाई नेपाल सरकारले सेन्सर समेत पास गरीसकेको छ । देश बिदेशहरुमा बिशेष शोहरु आयोजना गरेर मात्र सिनेमाहलमा रिलिज गरीने निर्माता गौतमले बताउनु भयो ।

पत्रकार सम्मेलनमा राज्यले हत्यारा पत्ता लगाउन नसकिएको अबस्थामा चलचित्र कसरी बन्यो भनेर पत्रकारहरु राखेको जिज्ञासामा निर्माता गौतमले चलचित्रमा यो र त्यो हत्यारा भनेर देखाउनु भन्दा पनि ‘कोपीला’ को हत्या कसरी भयो अनि कोपिलाको लासमाथि कसरी राजनिती भयो भन्ने कुरा देखाउन खोजिएको बताउनु भयो । निर्मलालाई ‘कोपीला’ को पात्रमा राखिएको यो चलचित्रमा ‘कोपीला’ को भुमिकामा संजिबनी खरेलले अभिनय गरेकी छिन । चलचित्रमा संजिबनी संगै गणेश गिरि,सरिता गिरि, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिरे,अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

गणेश गिरिको प्रस्तुती रहेको चलचित्रको कार्यकारी निर्मातामा सुवासराज काफ्ले, सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाकार रामेश्वर कार्की रहेका छन्। । दिपक शर्माको संगीर रहेको चलचित्रलाई शिभ्म अधिकारीले निर्देशन गरेकाछन । यस अघि अधिकारीले पंचायत चलचित्र निर्देशन गरेका थिए । यो फिल्ममा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समावेस गरिएको छ निर्माता एबं संचारकर्मी मणिराज गौतमले बताउनु भयो ।