गायिका बर्षाको प्रेमीलाई चिसो लागेपछि… आयो “अप्सरा” (भिडियो सहित)

कपिलवस्तुमा जन्मिएकी नेपाल स्वयंसेवक संघ कला संघठन केन्द्रीय सदस्य चर्चित लोक तथा दोहोरी गायिका बर्षा लम्सालको स्वरमा सजिएको रोईला भाका “अप्सरा” सफलतापुर्वक सार्वजनिक भएको छ । पछिल्लो समय लोक तथा दोहारीमा स्रोताहरुको ध्यान केन्द्रित भईरहेका बेला रोईला गीत सार्वजनिक भएको हो । विगत आधा दशक देखि सांगितिक क्षेत्रमा प्रवेश गरेकी लोक गायीका लम्सालको पहिलो गित परेवी संगै धेरै गीतहरुमा स्वर दिएकी छन् ।

पछिल्लो समय सार्वजनिक भएको उक्त रोईला भाकामा गायीका बर्षा लम्साल र गायक दिपक भण्डारीको स्वर, सुमन पौडेलेको निर्देशन रहेको छ । रोईला भाकामा प्रेमी प्रेमीका बिचको सुमधुर सम्बन्धलाई चित्रण गरिएको छ भने ग्रामिण समुदायको परम्परालाई पनि चित्रण गरिएको छ । गायीका लम्साल अहिले गीत रेकर्डमै व्यस्त छिन् र उनका गीतहरु आउँने क्रम पनि जारी छ । भर्खर मात्रै उनले फुल फुल्यो पयाँलै, कति राम्रा हुन्छन् नि कोही त र रोईला भाका पनि रेकर्ड गरिसकेकी छिन् ती गितहरु पनि केहि समय पछि बजारमा आउँने बताइएको छ।

उनले गीत सुनेर भिडियो हेरेर सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन आग्रह गरेकी छिन् ।
भिडियोका लागि यो लिकंमा क्लिक गर्नुहोस् ।