नेपालका तर्फबाट सरु सुनारले जितिन अन्तरास्ट्रिय एनपिस अवार्ड

काठमाडौ हरेक बर्ष युएनडिपिले शान्ति स्थापना र लैङ्गिक समानताका लागि काम गर्ने एसिया अन्तर्गत नेपाल , फिलिपिन्स ,अफगानिस्तान ,श्रीलंका , पाकिस्तान , म्यानार र इन्डोनेसियाका अभियान्ता र संस्थालाई हरेक बर्ष एनपिस अवार्ड प्रदान गर्दै आएको छ। नेपालका लागि ( N- PEACE-2019)का लागि उमा थापा मगर , रजनी कोइराला र सरु सुनार मनोनीतमा परेका थिए । दुई जनालाई पछि पार्दै नेपालबाट सरु सुनारले यो अवार्ड जित्न सफल भएकी छिन । नेपालमा रहेको जातीय छुवाछूत , विभेद र जातकै कारण ज्यान गुमाउन परेको थुप्रै घटनामा सस्था र ब्यक्तिगत रूपमा मिडियाबाट शसक्त आवज उठाउदै र पीडितको साहारा बन्दै आएकी सुनार untold story अन्तर्गत अन्तर्राष्ट्रिय एनपिस अवार्ड जित्ने नेपालको पहिलो दलित महिला बनेकी छन् । अवार्डको रिजल्ट आए पछि आफुलाइ भोट गरि , माया गरि जिताउने सबैलाई फेसबुक मार्फत धन्यवाद दिएकी छिन ।

( N- PEACE-2019) को विनर लिस्ट
फेसबुकको स्टाटस

तपाईंहरु सबैको साथ , माया , हौसला र सहयोगले untold story अन्तरर्गत (एनपिस अवार्ड 2019) नेपालको तर्फबाट जित्न सफल भए । म मात्र प्रतिनिधि पात्र थिए यो अवार्डको यो अवार्ड विशेष गरि नेपालमा रहेको जातीय छुवाछूत , विभेद र जातैका कारण ज्यान गुमाउन बिबस हाम्रा समुदायका बारेमा आवज , कलम चलाउदै उनिहरुको न्यायको लागि अनबरत रूपमा आफ्नो ज्यानको प्रवाह नगरी हिडेको उच्च मुल्यांकन पनि हो । यो हिडाइमा साथ , सहयोग र सगै हिड्ने हातहरु तपाईंहरुका नभएको भए सम्भब छैन र थिएन पनि ।

आज दलितका मात्र नभई महिला, जनजाती र पछाडि पारिएको समुदाय भित्रका पीडित महिला र बालबालिकाको लागि आवज उठाउन सक्ने थिइन् । जब म नोमिनेसनमा यो अवार्डको लागि परे तबबाट नै सामाजिक संजालमा धेरैले बधाई सगै भोटिङको लागि दिन राज खटनु भयो देश बिदेशब्याट यति धेरै दाजुभाइ दिदिबहिनीको माया र साथ अनि हौसला मैले पाएकी थिए मलाई उति बेला नै यो जित हाम्रो हुने छ भन्नेमा ढुक्क थियोे । विशेष गरि हङकङबाट सागर नेपाली दाइ , मलेसियाबाट जनक नेपाली भाइ र मलेसिया सिङ्गो संजाल , कतारबाट चोलाकान्त बिक , थमन बिक , भारतबाट छोटु ओढ , सैघाली मिडिया परिवारको सबै टिम , अस्ट्रेलियाबाट कृष्ण सुनार , तनहुँबाट बाबुराम सुनार पोखराबाट लक्ष्मण बिक , कुमार सुनारले विशेष सहयोग गर्नु भयो ।

साथै बिश्व भरीबाट नै हजारौं दाजुभाइ दिदिबहिनीको साथ र भोट आयो । म आभारी छु मैले मात्र समुदाय र देशको प्रतिनिधित्व गरेकी हु यो जित र यो अवार्ड हामी सबैको हो सिङ्गो समुदायको र सिङ्गो देशको हो । दिनरात नभनी यो अवार्ड जिताउनको लागि अहोरात्र खटिनुहुने, भोट गर्नु हुने , सामाजिक संजालमा पोस्ट गरि भोट मागिदिनु हुने सबै बिश्वभरका दाजुभाइ दिदिबहिनी सबैलाई धन्यवाद साथै यो अवार्ड यहाँहरुलाइ समर्पित गर्न चाहन्छु । हामी सबैलाई बधाई छ ।

यो अवार्डको लागि धन्यवाद !!! सरु सुनार ।
( N- PEACE-2019)का लागि उनले अपिल गरेको भिडियो यस्तो थियो :