गणेश लामा सहितको टिम पुगेर काभ्रेमा फोरम र काँग्रेस बिचको समायोजन, थापा काँग्रेसको उप सभापतिमा चयन

२ वर्ष पहिले नै निर्णय गरिएको नेपाली कांग्रेस पार्टी र नेपाल लोकतान्त्रिक फोरम बिच मिति २०७४ असोज २९ मा भएको ऐतिहासिक पार्टी एकिकरण र नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति को निर्णय अनुसार स्थानिय तह समायोजन अन्तरिम ब्यवस्था निर्दे्शिका २०७६ अनुसार नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेको निर्णय अनुसार काभ्रे जिल्लाको समायोजन कार्यले बल्ल पूर्णता पाएको छ ।

समायोजन भए सँगै नेपाली कांग्रेस काभ्रे जिल्ला समितिको बैठकले पुर्ब लोकतान्त्रिक फोरमको तर्फ बाट नेपाली कांग्रेस जिल्ला समिति काभ्रेको उपसभापतिमा गोबिन्द बहादुर थापाको नेतृत्वमा जिल्ला समिति सदस्यहरु मा क्रमशः प्रबिन कु धिताल, प्रकाश थापा , बिनोद गौतम , दोर्जेमान जिम्बा , शंकर दाश लामा , बिष्णु लामा ,बिष्णु बहादुर तामाङ, कबिराज श्रेष्ठ, राजेन्द्र प्रताप अर्याल , भरत सापकोटा, हिराकाजी तामाङ, आईमान लामा, सुमेस थापा समायोजित भएका छन् ।

काभ्रेका सम्पुर्ण स्थानिय तहहरु पनि समायोजन कार्य सम्पन्न भएको छ । जसअनुसार प्रत्येक गाउँपालिका तथा नगरपालिकामा निम्नानुसारका नेताहरुको उप सभापतिको नेतृत्वमा सबै वडाहरुमा उपा सभापति सहित अन्य सदस्यहरु समायोजन भएका छन् ।
धुलिखेल नगरपालिका राजेश हुँमागाई, पाँचखाल नगरपालिका राजकुमार कार्कि, मण्डन देउपुर नगरपालिका भरत सापकोटा, पुरषोतम बजगाँई, बनेपा नगरपालिका ईश्वरी श्रेष्ठ, पनौति, नगरपालिका बिनोद के.सी, श्री कृष्ण थापा, नमोबृद्ध नगरपालिका धुव्र श्रेष्ठ, खानिखोला गाउँपालिकामा उप सभापति दोर्जेमान जिम्मा., महाभारत गाउँपालिका टेक ब. बल, रोशि, गाउँपालिका शेर ब. लामा, प्रताप लामा, बेथानचोक गाउँपालिका संजिव थापा, तेमाल गाउँपालिका चन्द्र सिं तामांग, चौरी देउरालि गाउँपालिका खड्ग गौतम|

समायोजन पश्चात नेता तथा कार्यकर्तामा जिम्मेवारी सहित पार्टिका विविध कार्यमा लाग्न थप उर्जा प्रदान गरेको युवा नेता गणेश लामाले बताउनु भयो । काभ्रे जिल्लामा आफ्नो राम्रो प्रभाव छोड्न सफल युवा नेता गणेश लामाको नेतृत्वमा समायोजन भएको कारण नेपाल भरमा काभ्रे जिल्लालाई महत्वपूर्ण दृष्टिकोणबाट हेरिएको थियो ।