कन्चनपुरकी निर्मला पन्तको न्यायको लागि आवाज़ उठाउँदै गर्दा गाेली खानु पर्यो !

समाजसेवी लेखिका ज्वाला संग्रौला लेख्नुहुन्छ:

कन्चनपुरकी निर्मला पन्तको न्यायको लागि आवाज़ उठाउँदै गर्दा गाेली लागि घाइते हुनु भएका सुरेन्द्र देउवा हाल भारतकाे सिद्दिविनायक अस्पताल बरेलीमा उपचाररत हुनुहुन्छ । उहाँकाे यहि नाेभेम्बर २६ तारेखका दिन तेस्राे अप्रेसन भएकाे हाे । उहाँलाई आज अस्पतालले डिस्चार्ज गरेपनि अप्रेशनकाे शुल्क बुझाउन नसक्दा अस्पतालबाट घर फर्कन सक्नु भएकाे छैन । अप्रेशनकाे चार्ज ५० हजार भारू जम्मा नगरेसम्म अस्पतालमै बस्नु पर्ने अवस्था छ ।बिनोद रानाभाट उद्दार समितिले यस बारेमा सोचेर सकेको सहयोग गरिदिनु होला प्लिज !

नेता ज्यु हरु हाच्छ्युँ आउँदा समेत भाडामा प्लेन झिकाएर युरोप अमेरिका सवार हुनुपर्ने,अनि तिनै नेतालाई भरोसा गरि जिताएर मुलुक परिवर्तनको सपना देख्ने निमुखा नागरिक हरुचाहिँ उपचार नपाएर अकालमै मर्नु पर्ने? तिनै नागरिक माथी गोली चल्छ , तिनै नागरिक माथी भाला रोपिन्छ , तिनै नागरिकले आवाज उठाउँदा गला दबाइन्छ! अनि जब फेरि चुनाब आउँछ तिनै नागरिकलाई बलीको बोका बनाएर प्रयोगमा ल्याईन्छ !! हामीले कस्तो देश बनाएछौं।