पोखरामा अचम्मको बच्चा, आफैले पाएको बच्चा हेर्दा आमाको होस् उड्यो, १७ महिनामा ३ किलो (भिडियो)

करिब १७ महिना अघि पाल्पामा जन्मीएका गणेश परियार अहिले बोल्न हिड्न र चहलपलह दिन समेत सक्दैनन् । जन्मदा नै ९ सय ग्राम तौल भएका गणेशको उपचार गर्न बाबुआमा भौतारिरहेका छन् । उपचारमा संलग्न चिकित्सकहरुले गणेश बढ्ने हिड्ने कुरा गर्छन् तर १७ महिना हुँदा पनि दाँत आएको छैन, केही बोल्न सक्दैनन् र जम्मा तीन किलो तौल छ उनको । असाधारण सारिरीक बनावट भएकै कारण उनलाई हेर्ने र देख्ने मानिसहरुले केही पैसा दिन्छन् र त्यसैले उनको उपचार देखी भरणपोषण चलेको छ । पाल्पादेखी पैसाकै अभावमा छटपटिएर उनीहरु पोखरा आएका हुन् । पोखराको चोक चोकम सानो हेर्दा पनि अनौडौ सारिरिक बनावट भएका गणेश लिएर उनकी आमा बस्छिन् र हेर्ने र माया लाग्नेहरुले केही रकम दिन्छन् । त्यही रकमले उनीहरुको जीवन चलिरहेको छ । देशबाहिर बाट पनि केही आर्थिक सहयोग आएको छ । तर पनि बच्चामा केही सुधार नभएपछि आमा चिन्तीत छन् । उनको उपचारमा सहयोग गरिदिन समेत आमा सुकमाया परियार आग्रह गर्छिन् ।