तिमी दुईको यो क्षणले मेरो जिन्दगी हल्लाइदियो ! यहाँ जिन्दगीको कति गहिरो आभाष छ म शब्दमा लेख्नै नसक्ने भएको छु ! : प्रेम बानिया

वरिष्ट पत्रकार प्रेम बानियाले आफ्नो फेसबुक वालमा दीपक र आयशाको प्रसंशा गर्दै लेख्नु हुन्छ :

प्रिय साथी दीपक र आयशा,
तिमी दुईको यो क्षणले मेरो जिन्दगी हल्लाइदियो ! यहाँ जिन्दगीको कति गहिरो आभाष छ म शब्दमा लेख्नै नसक्ने भएको छु ! कति अग्लो विश्वास, प्रेम र चुनौतिको सगरमाथा आरोहण गर्यौं तिमीहरुले ! जिन्दगी यस्तै कारण सुन्दर छ साथी…. ! मलाई थाहा छ, तिमी दुईको जीवनकथा, पारिवारिक स्वीकारोक्ति र अस्विकारोक्तिहरु …. समाज र देशको आशा अनि प्रतीक्षाहरु ! ती सबलाई दर्शक बनाएर जिन्दगीमा यस्तरी नै बाँचिरहनू, सन्तानलाई पनि यो इतिहास सम्झाईराख्नू कि जिन्दगी कठिन भइकन आरोहण गर्न गर्व लाग्ने कति अग्लो हिमाल हो भनेर !

आयशा, दीपकलाई अंगालो मारेर झारेको तिम्रो गर्वको आँसुले नेपाल आमा, अनि आफ्नै आमाहरुलाई भक्कानो छुटाएको हुनुपर्छ जीवन र देशको गहिराईमा पुर्याएर ! तिमीले देशका लागि जित्यो र जिन्दगी पनि जित्यौ !

एउटा अनलाइन खबर र अर्को विभिन्न पोष्टहरुमा फेसवुकमा भेटेको तस्वीरहरु हुन् यिनीहरु ! खिच्नेहरुलाई सलाम् र जस्ले खिचेको भएपनि जीवनको सवभन्दा गहिरो कथा लेखिएका तस्वीरहरु हुन् यिनीहरु ।

तस्वीरवाचित कथाले जीवन नै हल्लाइदियो र यति लेख्न मन लाग्यो । दुवैलाई जिन्दगीको सुन्दर शुभकामना र हामीलाई बधाई देशका नाममा एउटा परिवारले दिएको युगौंयुग बाँच्ने गर्वका लागि ! बधाई

वरिष्ट पत्रकार प्रेम बानियाको बारेमा स्कटनेपालमा पब्लिश भएका केही भिडियोहरु :
रबिलामिछाने एक्लै छैनन् भन्दै प्रेम बानियाले दिए खुसीको खबर
वरिष्ट पत्रकार प्रेम बानियाको बारेमा स्कटनेपालमा पब्लिश भएका केही भिडियोहरु :
देश बनाउने स्वाभिमानका सपनाहरु त्यागिदिनुस्
वरिष्ट पत्रकार प्रेम बानियाको बारेमा स्कटनेपालमा पब्लिश भएका केही भिडियोहरु :
देशको कुभलो चिताउनेको कहिल्यै जय नहोस्
वरिष्ट पत्रकार प्रेम बानियाको बारेमा स्कटनेपालमा पब्लिश भएका केही भिडियोहरु :
प्रेम बानियाले भने समयले छिट्टै भेट गराउने छ
वरिष्ट पत्रकार प्रेम बानियाको बारेमा स्कटनेपालमा पब्लिश भएका केही भिडियोहरु :
समय को आत्मा हत्या ”साला काठमाडौँ” : प्रेम बानिया
वरिष्ट पत्रकार प्रेम बानियाको बारेमा स्कटनेपालमा पब्लिश भएका केही भिडियोहरु :
‘बानिया र लामिछाने’ करोडो नेपालीको मन छुने गित
वरिष्ट पत्रकार प्रेम बानियाको बारेमा स्कटनेपालमा पब्लिश भएका केही भिडियोहरु :
झन्डै ९ महिना पछी जापानबाट मुख खोले प्रेम बानियाले देश छोड्नु को रहस्य यस्तो पो रहेछ

झन्डै ९ महिना पछी जापानबाट मुख खोले प्रेम बानियाले देश छोड्नु को रहस्य यस्तो पो रहेछ