पहिरो आयो भागम भन्दा भन्दै साथी पुरिए ! हेर्दा हेर्दै यस्तो भएको रहेछ पोखराको मौजा पहिरोमा (स्थलगत रिपोर्ट)

पोखरामा नाली खन्ने क्रममा झरेको ढिस्कोले सातजना पुरिएका छन् । पोखरा महानगर–२० मौजामा नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरु पुरिएका हुन्।

बाटो निर्माणको क्रममा पर्खाल लगाउँदै गर्दा माथिबाट झरेको ढिस्कोमा पाँचजना पुरिएका थिए। २ जना ढिस्को खस्दाखस्दै भाग्न सफल भएको र ५ जना पुरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। पुरिने सबै सल्यान जिल्फाका हुन्। पुरिनेमा जोगेन्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिजबहादुर बस्नेत रहेको एसपी कार्कीले बताए ।

महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो।