६७ बर्षीय बृद्ध र २१ बर्षिय युवतीलाइ अब सन्तानको इच्छा , यिनले छोडिन भने फेरी अर्की ल्याउछु (भिडियो सहित)

झापा । सुन्दा अचम्म लाग्छ तर इलामका चुलाचुली गाविसका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन ।धेरैले माया प्रेममा उमेरले छेक्दैन भनेका छन भने धेरैले सम्पतिका लागी ती २१ बर्षकि युवती ६८ बर्षका वृद्धसंग बिबाह गरेर आएकी भनेका छन । बास्तबमै सबैलाई यस्तो लाग्नु स्वाभाविक नै हो । तर उनीहरुलाई गहिरिएर बुझ्दा भित्री रहस्य भने अर्कै पाइयो । सम्पतीका लागि ती युवती भन्ने लागेकालाइ पनि अचम्म लाग्ने बास्तबिकता रहेको छ । वृद्धका घरमा दुई छाक खान लाउन पनि पुग्ने सम्पती छैन । धेरै नै गरिबीमा परेका वृद्धले आफ्ना नाती नातिनिको बिजोक देख्न नसकेर बिबाह गर्नुपर्ने बाध्यता भएको बताए ।

घरमा कोहि काम गर्ने नभएपछी वृद्धले नै सबै थोक गर्नुपर्ने बाध्यता थियो । साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध । उता युबतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी बेसाहारा भएकी युवती जसको एउटा हात नै छैन । हात नभएपछि कसैले बिहे नगर्ने र बिहे भएपछी पनि आफुसङ नबस्ने भएपछी उनले वृद्धसंग बिबाह गरेको बताइन ।घरको अवस्था धेरै नै बिजोक रहेको छ । उनिहरुले आफुहरुलाइ सहयोग गर्न अपिल समेत गरेका छन । सहयोगका लागि ९८११३५६३७४ मा सम्पर्क गर्न सक्नुहुनेछ । तल भिडियो हेर्नुहोला ।