कालापानीको कथामा बनिएको हास्य टेलिशृन्खला ‘अलिकती हुन्छ’ नि सार्बजनिक ।

हास्य टेलिशृन्खला अलिकति हुन्छ नि सार्बजनिक भएको छ । हरेक हप्ता सुपर अनलाइन टिभी मार्फत सार्बजनिक गरिने श्रृङखलाले समाजमा रहेको बिकृती बिसङती बिरुद्ध खुलेर व्यंग्य गर्ने गर्दछ । गाउले परिवेश साथै गाउकै कथा देखाउने अलिकती हुन्छ नि लाई सबैले मन पराउन थालिसकेका छन । धेरैको नजरमा पर्न थालेको यश श्रृङखलामा सबै कलाकारहरू पुर्बकै छन। पुर्बकै सान हास्य टेलिशृन्खला दोबाटेले तहल्का पिटिरहेको अवस्थामा पुर्बबाटै नयाँ जोश जागरका साथ अलिकती हुन्छ नि तयार गरिदैछ ।

यो भागको अलिकती हुन्छ नि मा नेपालको भुमी भारतले मिचेको बिषयमा केन्द्रित भएर देखाइएको छ । हाम्रो नेपालको लिपुलेक कालापानी लगायतका सिमानामा भारतले गरेको अतिक्रमणका बिषयलाई फरक तरिकाबाट देखाउन खोजिएको छ । जतिसुकै झगडा भएर पानी बाराबार भएका नेपाली दाजुभाइ आफ्नो नेपालका लागि कसरी एकजुट भएर मिलेर अगाडी बढ्छन भन्ने भाबलाइ प्रस्तुत गरिएको छ ।

साथै नेपाली मुलका मधेसी दाजुभाइले गर्ने नेपालप्रतिको मायालाइ पनि अलिकती हुन्छ नि मा समेटिएको र नेपालीले परेको खण्डमा खुकुरी कसरी चलाउछ भन्ने कुरालाई रोचक ढंगले प्रस्तुत गरिएको छ तलको भिडियोमा हेर्नुहोला