पोखरामा भयानक दुर्घटना, जिप उडेर बिजुलीको पोलमा ठोकीयो, कच्याकुचुक्क पर्यो, २ घण्टा लगाएर भित्रका मान्छेलाई निकालियो

पोखराको जिरो किलोमिटरमा शनिबार राती भयानक दुर्घटना भएको छ । विन्ध्यवासीनिबाट जिरो किलोमिटर तर्फ आउदै गरेको जिप जिरोकिलोमिटर आइ नपुग्दै दुर्घटना भएको हो ।

ग१ज ६४७९ नम्बरको जिप तीब्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको भनाई छ । जिप फुटपाथबाट माथी उड्दै विजुलीको पोलमा ठोकिएको थियो । स्थानीयका अनुसार जिप तिब्र गतिमा भएका कारण फुटपाथमा उक्ले पछि करिब १ मिटर उठेर विजुलीको पोलमा ठोकिएको बताए ।

जिपमा सवार तीन मध्ये एक जनाको दुर्घटना पछि आफै निस्केको र दुई जनालाई शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दुई घण्टा भन्दा बढि समय लगाएर जिवितै उद्धार गरेका थिए । राती साढे ९ बजे भएको दुर्घटनाका घाइतेलाई साढे ११ बजे उद्धार भएको थियो ।