‘आर्गनिक माया’ लिएर कोरिया बाट आए भिम थापा मगर (भिडियो)

चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ र वुगी वुगीकी विजेता कविता नेपालीको अभिनय रहेको नयाँ भिडियो ‘आर्गनिक माया’ सार्वजनिक भएको छ । डी पी खनालको शब्द ,धनु ज्ञाङ्मी मगरको संगीत र वैदेशिक रोजगारका लागी दक्षिण कोरीयामा रहेका गायक भिम थापा मगरको स्वर रहेको गीतको म्युजिक भिडियोलाई शुक्रबार सुजन मार्पा तामाङको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।रोमान्टिक डान्समा बनेको भिडियो सुजन मार्पा तामाङकै कोरियोग्राफी छ
प्रकाश खतिवडाको छायाँकन रहेको भिडियोमा एकान्त मगरको सम्पादन एबम निर्देशन रहेको छ ।

यस अघि माया पिरतीका धेरै गीतहरुमा आफ्नो मिठासपूर्ण स्वर दिइसकेका स्वरका धनी गायक भिम थापा मगरको ‘आर्गनिक माया’ मा “खाटी छ यो मनमा प्रेम मिसावट छैन, टिकाउ छ माया मेरो देखावटी हैन” भन्ने जस्ता शब्दले भरिपुर्ण गरिएको छ। जसलाई पछिलो समयका लोकप्रिय गीतकार डी पी खनालले लेखेका हुन । गायक भिम थापा मगर भोजपुरमा जन्म लिई हाल वैदेशिक रोजगारका लागि दक्षिण कोरीयामा पसिना बगाउँदै गीत संगितमा रमाइरहेका छन भने उनले आजका युवा पुस्ता धेरै जसो रोमान्टिक डान्समा कम्मर भाची-भाची नचाउने खालको गीत मन पराउने भएकाले ‘आर्गनिक माया’ लाइ युवा पुस्ताहरुले मन पराउने विश्वास ब्यक्त गरे।