आजको राशिफल बि.सं. २०७६ साल मंसिर २ गते सोमबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल
आजको राशिफल बि.सं. २०७६ साल मंसिर २ गते सोमबार ई. सं. २०१९ नोभेम्बर १८, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशिर्ष कृष्णपक्ष षष्ठि तिथि, पुनर्वसु नक्षत्र, चन्द्रमा कर्कट राशिमा। शुभन योग, भद्रा करण। नेपालमा, सूर्योदय बिहान ०६ः२८ बजे, सूर्यास्त साँझ ०५ः०९ बजे हुनेछ। आजको पर्व तथा मुहूर्त– दोकान खोल्न, रुद्रि पुजा र अग्नीवास होमादि कार्य जुरेको दिन छ। भोलीको पर्व – अष्टमी व्रत, शुभ विवाह मुहूर्त रहेको छ । आज जन्म लिने बच्चाको राशि कर्कट हुन्छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर एैनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्र ईत्यादीमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । सामाजिक कार्यकर्ताले विशेष सभा–समारोहमा सम्बोधन गर्ने मौका छ । कामदार एवं कर्मचारी हरुका लागि बाध्यतापूर्ण काममै समय बित्न सक्छ । आज तपाईका लागि शुभरङ्ग गाढा रातो, शुभअङ्क ८, शुभदिशा उत्तर। आज कार्य सफलताका लागि ॐ सों सोमाय नम मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –सामाजिक काम र परोपकारी कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ । रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने समय छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ । परिवारजनका आकाङ्क्षा पनि पूरा गर्न सकिने छ । आज तपाईका लागि शुभरङ्ग गाढा हरियो, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः ०८ पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । प्रेम र मित्रताको बन्धन कसिनाले मन प्रसन्न रहनेछ । आज तपाईका लागि शुभरङ्ग सेतो वा उज्यालो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ धनप्रदाय कुबेराय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ गं गणपतये नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आज तपाईको व्यय स्थानमा चन्द्रमाको गोचर हुनेछ । अनावश्वयक खर्च नियन्त्रण गर्नु आवश्यक देखिन्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई तोड्न सफल भइने छ । आस मारेको काम पनि आत्मबल र हिम्मतका साथमा गरेमा बन्नसक्ने समय छ । आज तपाईका लागि शुभरङ्ग गाढा पहेंलो वा बुट्टे, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ कें केतवे नमःमन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – लाभभावमा रहेको चन्द्रमाको प्रभाव रहनाले आज व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ। परिवारजनसँग असमझदारी बढ्नाले काममा बाधा पुग्न सक्छ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । तपाईको कार्यको धेरैले तारिफ गर्नेछन, प्रतिष्ठा कमाउने बेला छ । माताको सहयोग बाट लाभ उठाउन सकिने छ । आज तपाईका लागि शुभरङ्ग सेतो वा सुन्तले, शुभअङ्क ७, शुभदिशा पश्चिम, ॐ नमः शिवायमन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । आस मारेको फल पुनः प्राप्त हुनसक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । पछाडि बसेर खुट्टा तान्न खोज्ने प्रतिस्पर्धी परास्त हुनेछन् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्यसफलताका लागि ॐ शं शनैश्चराय नमःमन्त्र २३ पटक जप गर्नु शुभ गर्नेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –भाग्यमा बलियो चन्द्रमाको उपस्थिति भएको राम्रो दिन छ, आज । हाँकेका र ताकेका काम सजिलै सम्पन्न हुनेछन् । प्रतिष्ठा कमाउने बेला छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । सबैले साथ दिनाले काम सजिलै सम्पादन हुने समय छ । आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ नमो भगवते वासुदेवाय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –मनमा कताकता निराशा र डर भए पनि कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सीदलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । ्व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, चुनौती सामना गर्नुपर्ला तर डराउनु पर्दैन । आज तपाईका लागि शुभरङ्ग ध्वाँसे, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ सङ्कटाभगवत्यै नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आत्मबल र उत्साहमा बृद्धि हुने दिन छ । उचित समयमा गरिएको निर्णयले उम्किन लागेको काम बन्नेछ । आफन्तजनसँग आत्मीयता बढ्ने छ । विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । पतिपत्नी वा प्रेमीप्रेमिकाका बीचमा सामीप्यता बढ्ने दिन छ । आज तपाईका लागि शुभरङ्ग सुन्तले, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ शुं शुक्राय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । पैत्रिक सम्पत्तिको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । कुनै पनि निर्णय गर्नुअघि मान्यजनको सुझाव र जान्नेबुझ्नेको राय ग्रहण गरेमा उपलब्धी हात पर्नेछ । आज नयाँ ज्ञान सिक्ने मौका छ । आज तपाईका लागि शुभरङ्ग छिर्के्मिर्के बुट्टे, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ बुं बुधाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ ।सहयोगीहरूले साथ दिनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । पुरानो समस्यालाई निराकरण गरी अघि बढ्ने हौसला प्राप्त हुनेछ । सन्तति र भाइबहिनीले खुसी तुल्याउने छन् । छात्रछात्राका लागि शुभ दिन छ । आज तपाईका लागि शुभरङ्ग गाढा हरियो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ घृणि सूर्याय नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।