पन्चे बाजा दाइको बिहेमा सार्बजनिक : करिश्माको टक्कर रमेश संग (भिडियो सहित)

स्कटनेपाल युके,

बढ्दो डिजिटल प्रबिधिको प्रत्यक्ष प्रभावका कारण पछिल्लो समय केही फराकिलो बन्दै गएको नेपाली सांगीतिक बजारमा हरेक दिन विभिन्न बिधाका गीत सँगै नयाँ कलाकारहरुको आगमन तिव्र गतिमा अगाडि बढेको छ ।

यसै भिडभाड मा एक नया आवाज उदाएको छ उनको नाम हो रमेश भण्डारी। बेलायतलाइ आफ्नो कर्म थलो बनाउदै बसी रहेका रमेश नेपाली गित संगीत लाई अतिनै रुचाउने र सानै देखि गित संगित प्रती उनलाई निकै लगाब थियो ।

यसै क्रम मा उनको यो पहिलो प्रयास पन्चे बाजा गित “दाइको बिहेमा” नामक गीति सार्वजनिक भयको छ। गायिका जमुना सनम र रमेश भण्डारीको सुमधुर स्वरमा तयार भयको सो गितमा भण्डारी कै लय शब्द रहेको छ।

दुर्गा पौडेलको निर्देशनमा तयार भएको पन्चेबाजालाइ सनम कृयसनले बजारमा ल्याकोछ। रमेश भण्डारी र करिश्मा ढकालको अभिनयमा तयार भयको उक्त भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो :