स्वागत गर्न लगेको फुलको बुकी गण्डकी प्रदेशका प्रमुखले किन बंगलादेशका राष्ट्रपतिलाई दिएनन् । स्वागत गर्न गएकालाई कोटको टाँक लगाउन भ्याईनभ्याई

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा नेपाल भ्रमणमा आएका बंगलादेशका रााष्ट्रपति मोहम्मद अब्दुल हमिद शुक्रबार स्वदेश फर्किएका छन् । हमिदलाई राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ठि कक्षमा विदाई गरिन् ।

यसैबी हमिद विहिबार पोखरा आए । नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थल आएका हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन सहितका प्रदेशका कार्यबाहाक मुख्यमन्त्री लगायतले स्वागत गरे । हमिद फेवातालमा डुङ्गा सेयर गरेर रुपाकोट पुगे ।

पोखरा विमानस्थलमा स्वागत गर्ने क्रममा हमिदको स्वागतको लागि विमानस्थलमा पुगेका गण्डकी प्रदेशका प्रमुख सहित अन्य पदाधिकारीले हातमा बुकी लिएर स्वागतका लागि पुगेका थिए । हमिद नेपाली सेनाको हेलिकप्टरबाट झर्ने बित्तिकै पञ्चक्न्याले स्वागत गरे त्यसपछि गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले हात मिलाउदै उनिसंग केहि कुराकानी गरे । कुराकानी गर्दा गर्दै शेरचनले हमिदलई दिने भनेको बुकी दिनै बिर्सीए ।

उनले कुराकानी गरिसकेपछि गण्डकी प्रदेशका कार्यबाहाक मुख्यमन्त्री किरण गुरुङले उनलाई स्वागत गरे । शेरचनलाई छोडेर गुुरुङतीर आइसकेका हमिद लाई दिने भनेको प्रदेश प्रमुखको हातको बुकी सहयोगिलाई दिन पर्यो । स्वागतका लागि बसेका अन्य सदस्यको भन्दा लामो सय कुराकानी गरेका शेरचनले कुरा गर्दा गर्दै हातको बुकी दिनै बिर्सीए र हमिदलाई दिने भनेको बुकी हमिदको हातमा दिन पएनन् ।