गुुल्मी जंगल ह*त्याकाण्ड | काम गर्ने महिलासंग अनैतिक सम्बन्ध, प्रत्यक्षदर्शी र श्रीमतीले गरिन् यस्तो खुलासा (भिडियो)

गत कार्तिक १६ गते गुल्मीको जंगलमा बेवारिसे तीन शब फेला परे । करिब ३२ बर्षकी जस्ती महिला र उनका जूम्लाहा छोरीहरुको शब फेला परेपछि सुरुमा शबको पहिचान नै भएन । पछि प्रहरीको अनुसन्धानबाट उक्त शब पोखरा हेमजामा काम गर्ने सरिता भनिने शिबमाया लिम्बु र उनकी सात बर्षिया जुम्लाहा छोरी गंगा जमुना रहेको पत्ता लाग्यो । पोखरा बाग्लुङ खडक खण्डमा काम गर्ने कामदारको लागी राखिएको क्यान्टिनमा काम र्ने सरितालाई क्यान्टिन संचालक पूर्णबहादुर सुनारले गुल्मीको जंगलमा लगेर हत्या गरेका थिए ।

श्रीमान्को निधन भएपछि जुम्लाहा छोरी सहित पोखरा आएकी सरिताको उनी पूर्णबहादुर सुनारसंग अनैतिक सम्बन्धका कारण उनले छोरी सहित हत्या गरेको स्थानीयहरुले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार श्रीमतीको अगाडी बहिनी भन्ने र श्रीमती नहुँदा बस्ने कोठामा समेत संगै बस्ने गरेको समेत बताए । पूर्णबहादुरकी श्रीमतीका अनुसार सधै बहिनी भनेर सम्मान गरेको तर अन्त्यमा उही केटीका कारण आफ्नो घर तहसनहस भएको बताईन् । हेर्नुहोस् गुल्मी जंगलको रहस्यमय हत्या काण्डको बास्तबिक कुरा भिडियोमा ।