रेडक्रस बैदाम शाखाको रक्तदानमा ३० युनिट रगत संकलन

नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ ।

रक्तदानमा पहिलो रक्तदाता शुशिला भण्डारीलाई ब्लडब्याग हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति डण्डराज शर्माले रक्तदान जिवनदान भएकाले समय समयमा रक्तदान गर्नु आफुलाई पनि फाईदा हुने र अन्य आवश्यक परेकाले पनि नयाँ जिवन पाउने बताउनुभयो ।

कार्यक्रममा जन्मदिनको अवसर पारेर रेडक्रस बैदामका सदस्य कमल बहादुर भुजेलले अन्नपुर्ण गाउँपालिकाको ठुलाचौरमा सुत्केरी ल्याउन सहज होस भनी स्टेचर हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले रक्तदान गर्दा हुने फाइदाको बारेमा आफ्ना धारणा राखेका थिए । रेडक्रस बैदाम उपशाखाका अध्यक्ष गिरिराज अधिकरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सहसचिव तुलसी दाहालले गर्नुभएको थियो ।