लुभुको प्राकृतिक ग्यास घरघरमा पुर्याए ५० हजार परिवारलाई २० वर्ष पुग्छ (भिडियो)

नेपालमा ग्यास, पेट्रोल लगायतका पदार्थ प्रशस्त रहेको दशकौंअघिकै अध्ययनबाट पुष्टि भैसकेको थियो । पंचायत सरकारले ४० को दशकभित्रै पेट्रोलियममा आत्मनिर्भर हुने गरी कार्ययोजना अघि बढाएको थियो । तर २०४६ सालको परिवर्तनपछि त्यो सेलायो ।

तत्कालीन अवस्थामा ग्यासको पाइप घरघरमा पुर्याइने प्रधानमन्त्रीको घोषणासंगै केही काम अघि बढेको जस्तो देखियो तर अहिले स्थिति उतिबेलाकै जस्तो छ । उपत्यकाका विभिन्न स्थानमा जमिनमुनीबाट ग्यास उडेर खेर गैरहेको छ ।

झण्डै चार दशकअघि पानी बोरिंग गर्दा ग्यास निस्किएको लुभुको टाउन प्लानिंगमा अहिले पनि बाह्रैमास ग्यास निस्किरहेको छ र त्यो ग्यासमा वरपरका बासिन्दाहरुले बिहान बेलुका खाना पकाउने काम गरिरहेका छन् ।

हेर्नुहोस् एनआईनिभी मिडियाले गरेको स्थलगत भिडियो रिपोर्ट