श्री ईन्भेष्टमेन्ट फाईनान्स रजहर शाखाद्धारा विपन्न वर्गका विद्यार्थीहरुलाई झोला वितरण

बिक्रम कोईराला ,नवलपुर

श्री ईन्भेष्टमेन्ट फाईनान्स रजहर शाखाले देवचुली नगरपालिका–१६, रजहर स्थित देवचुली माध्यमिक विद्यालयका विपन्न वर्गका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।
श्री ईन्भेष्टमेन्ट फाईनान्सको २५ औँ वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई झोला वितरण गरिएको श्री ईन्भेष्टमेन्ट फाईनान्स रजहर शाखा प्रबन्धक हरी सापकोटाले बताउनुभयो ।

विद्यालयमा एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नं. १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्री,बिशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललित बहादुर बोहरा,विद्यालय प्रधानाध्यापक नारायण प्रसाद भन्डारी ,देवचुली कलेजका क्याम्पस प्रमुख राजन गौतम,हर्कपुर साखाका प्रबन्धक रोशन सुवेदी तथा फाईनान्सका कर्मचारीको उपस्थितिमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको थियो ।

उक्त कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडा नं. १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले यस श्री ईन्भेष्टमेन्ट फाईनान्सले विगतमाझै यस वर्ष पनि सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको बचत ,ऋण,रेमीटान्स रकम ट्रान्सफर जस्ता कार्य गर्दै आइरहेको छ । श्री ईन्भेष्टमेन्ट फाईनान्स सदाले झै यस क्षेत्रमा जिम्मेवार अविभावकको रुपमा खडा भई यस क्षेत्रमा कार्य गर्दै आइरहेको हुदा हामी सबै यस समुदाय तथा क्षेत्रका प्रत्येक नागरिक बैकिङ्ग कारोवारको लागि श्री ईन्भेष्टमेन्ट फाईनान्स सग जोडीनु पर्छ भन्दै श्री ईन्भेष्टमेन्ट फाईनान्सलाई आगामि दिनको सफलताको लागि शुभकामना ब्यक्त गर्नुभएको थियो ।

निम्न आर्थिक अवस्था भएका सो विधालयका विद्यार्थीहरुलाई ११० थान स्कुल झोला वितरण गरिएको फाईनान्सले जनाएको छ । २०५२ सालमा स्थापना भएको श्री ईन्भेष्टमेन्ट फाईनान्सको देशभर १३ वटा शाखा रहेका छन् ।