बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण

दीपा चौधरी
काठमाडौं ।
असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर सबैभन्दा बढी पिडित क्षेत्र सप्तरीको “तिलाठि कोईलाडी” गाउँपालिकाको लागि आप्सा नेपालले राहत सामग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार राजधानीको संवाद डबलीमा एक कार्यक्रमो आयोजना गरेर आप्सा नेपालले सो रहत सामाग्रि हस्तान्तरण गरेको हो । विपद व्यवस्थापनको लागि सप्तरी जिल्लाको “तिलाठी कोईलाडी” गाउँपालिका संयोजक पत्रकार एवं अभियन्ता “अनुराग अनन्त” लाई सो संस्थाका अध्यक्ष लोकेश कुमार मान्धरले एक सय थान त्रिपाल र एक सय कार्टुन चाउचाउ हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा (एसिया प्यासिफिक सेक्युरिटी एसोसियसन) आप्सा नेपालका वरिष्ठ सल्लाहकार तथा उद्मोगी प्रदिपमान प्रधानले बाढी पिडित जनतालाई अलिकति भए पनि आप्सा नेपाल जस्ता संस्थाको माध्यमबाट सहयोग गर्न पाउँदा सुखद कुरा भएको बताए ।
आप्सा नेपाल मुलत विद्दुतिय सुरक्षा सामाग्रि तथा अग्नि जन्य प्रकोप नियन्तरण सामग्रिको क्षेत्रमा कार्यरत अन्तराष्ट्रिय संस्था पनि भएको बतताउँदै आप्सा नेपालका अध्यक्ष मानन्धरले सामाजिक विकास र सचेतना मात्र नभएर विपदमा पनि जनताको साथी बन्दै आएकोले यो राहत त्यसकै कडि भएको पनि धारणा राखे ।

त्यसै गरी आप्सा नेपालका महासचिव निर्मल भट्टराईले सो अभियानमा साथ र सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिदै, सो राहत तथा उद्धार कार्यमा निरन्तरता दिन सबैलाई आह्वान गरे । त्यसैले राज्यको सबै अंग अन्य संघसंस्थाहरुले समेत प्रभावकारी रुपमा राहत बढाई रहेको अवस्थामा आप्सा नेपाललेसमेत मुलुकप्रतिको अपनत्व र दायित्व बोधका साथमा राहत संकलन तथा वितरण गरेको पनि महासचिब भट्राईले बताए ।

बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित “तिलाठी कोईलाडी” गाउँपालिकाको लागि संयोजक अनुराग अनन्तले जनजीवनलाई थोरै भए पनि राहत वितरण गरी मानविय दयित्व पुरा गर्ने र अरुलाई पनि राहत कार्यमा लाग्न प्रेरित गर्ने उद्देश्यका साथ संस्थाले सहयोग गरेकोप्रति खुशि व्यक्त गर्दै यो कार्य प्रशंसनिय पनि भएको धारणा राखे ।
तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक सय थान त्रिपाल र एक सय कार्टुन चाउचाउ राहतको रुपका वितरण गर्न लागेको र आगमी दिनमा पनि यस कार्यलाई निरन्तरता दिदै लग्ने संस्थका प्रथम उपाध्यक्ष असिम पोखरेलले धारणा राखे । उनले प्रभावित क्षेत्रमा आफूहरु जातिसक्दो चाँडो जाने र वितरण गर्ने तथा सो क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन पानी शुद्धिकरण र सर्पदंशबाट बच्ने उपायका बारेमासमेत सन्देश प्रवाह गर्ने उनले बताए ।