१६ बर्षे बालक भारी बोकेर जुम्ला देखी पोखरासम्म, रुदै भन्छन मेरो बाबालाई गाउमा हेपे म पढेर मेरा बुबाको सपना पुरा गर्छु (भिडियो सहित)

नाम मनोज न्यौपाने घर प्रदेश न ६ जुम्ला जिल्ला पचाल झरना गाउपलिका वडा न ४ उमेर १६ बर्से, यो सम्बाद तयार परीएको पोखरा महानगरपालिका २६ जल्धारेमा भेट कपडा बेच्दै हिड्नेक्रममा कुरा गरौ सपनाको अझ त्यो भन्दा नि देखेको सपनालाई बिपना बनाउनको लागि गरेको दुखको l

१६ बर्सेको कलिलो बालकले केनै बुझेको छ र भन्ने लाग्छ ? तर त्यो मनोज न्यौपानेमा फरक छ उनलाई थाहा छ यहाँ पढ़ाइनै सबै थोक हो भन्ने अनि उनलाई अर्को के पनि थाहा छ भने यहाँ बोल्न जान्ने र अझ जान्नेहरुलाई सबैथोक छ जसको लागी पढन जरुरी छ त्यसै कारण काधमा जाडोका कपडा बोकेका छ्न अनि केही पैसा जम्मा गरेर पढ्ने सोच छ थाहा छैन यो सोचले पूर्णता पाउछ या पाउदैन तर उनि बोल्दै गर्दा भन्छन “मैले पढननै लागी भारी बोकीरहेको छु त्यो बाहेक मलाई केहि गर्नु छैन

उनि आशु पिलपिल पार्दै उनि गाउमा आफ्नो बाबाले सहनु परेको पिडा सम्झनछन “गाउमा बाटो खन्ने कुरा भयो तर हाम्रो अनुमती नहुदा नहुदै जबर्जस्ती खनीदिए उनि भन्दै जान्छन त्यति बेला बाबाले भन्नु भएको थियो बाबु मैले केहि गर्ने सकिन त पढेर वकील बन्नु ” आशु आखा भरि हुन्छ १६ बर्सको कलिलो बालक घर छोडेर हिडेको दिउसको १.२८ बजेको छ खाना कहाँ हो टुंगो छैन अनि बाबाको याद आएको छ गाउको याद आएको छ धन्न अन्तरबार्ता अगाडी चिया र बिस्कुट खान मिलेको थियो

उनि भन्दै जान्छन त्यो बेलामा मेरो बाबाले न्याय पाउनु भएन एक दिन म कुनै हालतमा पनि वकील बन्छु “बाकी यो भिडियोमा हेर्नुहोस अनि बुझ्नुहुने छ छोराछोरीलाई पैसा होइन आफ्नो धरातल र प्रेम बुझाउनु होस अरु केहि होइन आज १६ बर्सेको बच्चा यसरी किन भन्दै छ त उसलाइ आफ्नो धरातल र बुबाको प्रेमले बाधेको छ हेर्नुहोस यो छुटाउनै नहुने भिडियो