साप्ताहिक राशिफल २०७६ कार्तिक २४ देखि ३० गते सम्म (सन् २०१९ नोभेम्बर १० देखि १६ सम्म)

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) +९७७– ९८४२२१९७३५ साप्ताहिक राशिफल

सर्वप्रथम यो साता भित्र पर्ने मुख्य पर्व तथा दिनहरु : कार्तिक २४ गते– विष्णु बैकुण्ठ चतुर्दशी व्रत, डोटी केदार मेला, पाल्पा दर्लमडाँडा महाँकाली भगवती यात्रा, नयाँ व्यापार व्यावसाय शुरुवातका लागि मुहर्त, शिववास रुद्रीपुजा र अग्निवास होमादीकार्य जुरेको दिन छ। कार्तिक २५ गते – महाँगुरु फाल्गुनन्द जन्यती, शिव बैकुण्ठ चतुर्दशी व्रत, डोटी दिपायल जाँत, केदार पुजा, भागेश्वर मेला, धादिङ किराञ्चोक कालिका भगवती यात्रा, शिववास रुद्रीपुजा जुरेको दिन छ। कार्तिक २६ गते – पूर्णीमा व्रत, मन्वादी, कार्तीक स्नान, चतुर्मासव्रत समाप्ती, अग्निवास होमादीकार्य जुरेको दिन छ। कार्तिक २७ गते – थानकोटमा महाँलक्ष्मी यात्रा, शिववास रुद्रीपुजा जुरेको दिन छ। कार्तिक २८ गते – विश्व मधुमेह दिवस, बच्चाको अन्नप्राशन पास्नीका लागि मुहर्त, गृहारम्भ घरको जग राख्ने मुहूर्त, र अग्निवास होमादीकार्य जुरेको दिन छ। कार्तिक २९ गते – शिववास रुद्रीपुजा जुरेको दिन छ। कार्तिक ३० गते – शिववास रुद्रीपुजा र अग्निवास होमादीकार्य जुरेको दिन छ।

यो साता ग्रह गोचरको अवस्था : यो साता चन्द्रमा को गोचर कार्तिक २४ गते मिन राशि, २५ र २६ गते मेष राशि, २७ गते दखि २९ गते बिहान ११. ४८ मिनेट सम्म वृष राशि, र ३० गते मिथुन राशिको भ्रमण गर्नेछन। चन्द्रमाको गोचर का साथै अन्य ग्रहलाई समेत आधार मानी यो साप्ताहिक राशिफल तयार गरिएको छ ।

मेष राशि –मेष राशिका लागि साता आईतबार अनावाश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । तर सोमबार देखि भने अवस्थामा सुधार हुनेछ । शिरमा चन्द्रमा को प्रभाव पर्नेछ । सामाजिक एवं आध्यात्मिक कार्यमा सक्रियता बढ्नेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । धन आर्जन हुनेछ । बेैंक व्यालेन्स बढ्नेछ । नोकरी गर्नेहरुका लागि पनि प्रभावशाली साता रहने देखिन्छ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ

वृष राशि – वृष राशिका लागि यो साता को शुरुवातको दिन आईतबार लाभ स्थानमा चन्द्रमा को गोचर रहने हुनाले व्यापार व्यावसाय बाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाई बाट साथ र सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । सोमबार र मंगलबार भने विना अर्थका यात्राहरु हुन सक्नेछन। तपाईका बिरोधिहरुले तपाईका बिरुद्ध योजना बनाउन सक्नेछन । अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । आफ्ना बालबच्चाको विषयलाई लिएर केहि चिन्ता बढ्न सक्नेछ । तर बुधबार दिउँसो देखि भने चन्द्रमाको गोचर शिरमा रहने हुनाले दिनहरु शुभ रहनेछन। परिवार मा मेल मिलाप हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नू शुभ हुनेछ ।

मिथुन राशि – साताको शुरुमा चन्द्रमा को गोचर दशम भावमा रहनेछ । कर्म क्षेत्रमा चन्द्रमाको गोचर रहने हुनाले यो साता उपलब्धि मुलक हुने देखिन्छ । नोकरी एवं व्यापार व्यावसायमा सफलता मिल्ने देखिन्छ । मनमा जोस जाँगर र उत्साह भरपुर हुनेछ । व्यावसायमा नयाँ क्षेत्रमा लगानी गर्नु शुभ हुनेछ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । नोकरी गर्ने हरुका लागि कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ। प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको पुरा मुल्य प्राप्त हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान विष्णुको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

कर्कट राशि –कर्कट राशिका लागि यो साता शुभ रहेको छ । नवम भावमा चन्द्रमाको गोचर रहने हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । अरुका लागि केहि गरौं भन्ने भावना उठ्नेछ। ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि व्यापार व्यावसाय बाट आर्थीक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ । मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जिवनमा सामान्य समस्या हरु देखिन सक्नेछन । जिम्मेवार भएर आफ्नो दायित्व पुरा गर्नु उत्तम हुनेछ । विद्यार्थीको पढाईमा उतारचढावहरु आउन सक्नेछन । आफ्नो पढाईमा सचेत हुनु आवश्यक छ। यो साता ग्रहको शुभ प्रभावका लागि भगवान भैरवको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

सिंह राशि – सिंह राशिका लागि साता मिश्रित रहनेछ। साताको शुरुमा चन्द्रमाको गोचर आठौं भावमा रहने हुनाले स्वास्थ्य कमजोर हुने। खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ। तपाईका बिरोधिहरुले शिर उठाउन सक्नेछन । व्यापार व्यावसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछन । तर सोमबार देखि भने दिनहरु शुभ रहनेछन । भाग्यले साथ दिनेछ। प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । आफ्ना बालबच्चा सहित पारिवारिक भ्रमण मा गएर रमाइलो वातावरण कायम हुन सक्नेछ। विद्यार्थीको पढाई मन जानेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिव लाई जल चढाउनु एवं पुजा आराधना गर्नु उत्तम हुनेछ।

कन्या राशि – साताको शुरुमा सप्तम भावमा चन्द्रमाको प्रभाव रहने हुनाले यो साता पतिपत्नी बिचको सम्बन्ध थप प्रगाढ बन्नेछ । आपसी समझदारीमा चुनौतीहरुको सामना गर्न सहज हुनेछ । सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यवासाय बाट उचित मुनाफा आर्जन हुनेछ । यो सात डिजायन तथा डेकोरेशन सँग सम्बन्धित बस्तु तथा सेवाको कारोबार बाट बढि लाभ हुने देखिन्छ । आफ्ना दाजुभाईको साथ र सहयोग प्राप्त हुनेछ । छोटा एवं रमाईला यात्राहरु ले गर्दा मन प्रफुल्ल रहनेछ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । पढाई कमजोर हुन सक्ने देखिन्छ त्यसकारण विद्यार्थी ले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । मंगलबार र बुधबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन। यो साता ग्रहको शुभ प्रभावका लागि गरिब दुखिलाई हरियो कपडा दान गर्नु शुभ हुनेछ ।

तुला राशि – तुला राशिका लागि यो साता शुभ रहेको छ । छैठौं भावमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुने हुनाले तपाईका विरोधिहरु पराजित हुनेछन। रोग प्रतिरोध क्षमता पनि सबल रहनेछ । आर्थीक अवस्था सकारात्मक हुनेछ। ईष्टमित्रको साथ र सहयोग ले अप्ठ्यारा काम समेत बन्नेछन । यो साता व्यापार व्यावसाय मा सकारात्मक अवस्था रहनेछ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यावसाय बाट बढि सफलता मिल्नेछ । आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग देखिने मनमुटावहरु छिटै समाधान हुनेछन । बिद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । यो साता तुलनात्मक रुपमा बिहिबार र शुक्रबार कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

बृश्चिक राशि –बृश्चिक राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले तपाईको बौद्धिक एवं सिर्जनात्मक क्षमता उच्च रहनेछ । नयाँ सिर्जना, खोज तथा अनुसन्धानमा नयाँ फड््को मार्न सक्नुहुनेछ । तपाईको सिर्जनात्मक क्षमता को उच्च कदर हुनेछ। आर्थीक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यापसाय बाट उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यावसायबाट लाभ मिल्नेछ । नोकरी गर्ने हरुका लागि पनि शुभ समय रहने देखिन्छ । सन्तान बाट सुख हुनेछ । धन बचत हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । आफ्नो प्रेमी सँग ठाउँ ठाउँमा गई रमाईला पलहरु बिताउन सक्नुहुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

धनु राशि – धनु राशिका लागि यो साता मिश्रीत रहने देखिन्छ । साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले पारिवारिक समस्याका कारण चिन्ता बढ्न सक्ने देखिन्छ । अनावश्यक झण्झट एवं कार्यमा बाधा आउन सक्नेछन । तर सोमबार देखि भने अवस्था सकारात्मक हुँदै जानेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । पारिवारिक जिवन सुखद रहने छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धिलाई चुनौती दिन सक्नुहुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

मकर राशि – मकर राशिका लागि यो साता चन्द्रमाको गोचर तृतीय भावमा रहनेछ। यो साता साहस तथा पराक्रम बढ्नेछ। आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसायमा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ । नोकरी गर्ने हरुका लागि नयाँ अनुभवको अवसर हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्याथीृको पढाई सकारात्मक रहनेछ। तपाईका लागि यो साता मंगलबार र बुधबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।

कुम्भ राशि – कुम्भ राशिका लागि यो साता शुभ रहेको छ। धन स्थानमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुने हुनाले तपाइको बोलीको प्रभाव बढ्ने छ । सिर्जनात्मक एवं अभिव्यक्ति क्षमता बढनाले महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । आफ्ना दाजु भाईको साथ र सहयोग बाट व्यापार व्यावसायमा थप हौसला मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । तपाईको परिश्रम अनुसार अंक प्राप्त हुन ग्रहले साथ दिनेछ । पारिवारिक सम्बन्ध मिश्रित रहनेछ। कतिपय विषयमा परिवारका सदस्य सँग विवाद पर्न सकनेछ । सुमधुर सम्बन्धका लागि ईमान्दार प्रयास आवश्यक छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । बिहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु देखिएका छन । सचेत रहनुहोला । यो साता ग्रहको शुभ प्रभावका लागि श्री हनुमानको पुजा आराधना गर्नु उत्तम हुनेछ।

मिन राशि – मिन राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा नै शिरमा चन्द्रमाको प्रभाव रहने हुनाले मान प्रतिष्ठा बढ्ने साता रहनेछ । मन प्रफुल्ल रहनेछ भने विभिन्न रमाइला कार्यक्रमामा सरिक हुने अवसर जुट्नेछ । आत्मविश्वास उच्च हुनेछ भने तपाईको विचारको सर्वत्र प्रशंसा हुनेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यावसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरिमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सल्लाह लिएर कार्य गर्नु उत्तम हुनेछ । अप्ठ्यारो अवस्थामा परिवार को साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । आफुले सोचे जस्तो अंक हाँसील गर्न सक्नु हुनेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि माया अटुट रहनेछ । तपाईका लागि तुलनात्मक रुपमा शनिबार कमजोर देखिएको छ। यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान शिव लाई जल चढाउनु शुभ हुनेछ ।