काठमान्डौको महाराजगंज , अमेरिकी दूतावास नजिकै DCT Fashion House संचालनमा आएको छ ।

उक्त फेशन हाउसको समुद्घाटन गायिका प्रबिशा अधिकारी , बानिका प्रधान , शिला बिस्ट , बरिस्ठ संगीत संयोजक किरण कडेल , मदन कृष्ण श्रेष्ठ सुपुत्री सराना श्रेष्ठ , समाजसेवी पशुपति गुरुङ लगायत थुप्रै अतिथिहरुहरुको उपस्थितिमा भएको थियो ।

आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने सोचका साथ लामो समय विदेशमा बसेर सिकेको सिप र अनुभवलाई प्रयोग गर्दै ज्यासमिन गुरुङ , बिमला गुरुङ र दीप सुन्दासको सयुक्त लगानीमा फेशन हाउस सुरु भएको हो ।

बैदेशिक रोजगारीमा राम्रो सेवा सुबिधाको जिवन त्यागेर आफ्नो खुन पसिनाको कमाइले स्वदेशमै लगानी गरेर ३ जनाले एउटा गतिलो उदहारण प्रस्तुत गरेका छन । फेशन हाउसमा पुरुष , महिला तथा बालबालिकाका लागि गुणस्तरीय ब्रान्डेड लुगा उपलब्ध हुनेछन । ब्राइडल डिजाइनर वेयर , ब्राइडल मेकअप सम्पूर्ण सेवा यहाँ पाइनेछ । गुणस्तरीय र आकर्षक DTC ब्राण्डका लुगाहरु भाडामा उपलब्ध हुनुका साथै होम डेलिभरीको सेवा समेत रहेको छ ।

सामाजिक सेवामा समेत सक्रिय संचालक समूहले आफ्ना लागि मात्र होइन अरुका लागि पनि केहि गर्नु पर्छ भन्ने भावना बाट प्रेरित भै महिला जागरण र सशक्तिकरणका निम्ति पनि यो फेशन हाउस संचालन गरेको बताएका छन । फेशन हाउसका प्रोडक्टहरु DCT Fashion House को आधिकारिक फेसबुक पेज मार्फत हेर्न सकिनेछ ।