कामदारहरुको कतारमा कल्याण क्षेत्रमा उद्धमीको राम्रो प्रगति

दोहा- ब्याबसाहिक क्षेत्रमा केहि गरौ भन्ने सोचका साथ सन् २००४ मा नया सोच र योजना सहित कतारमा भित्रिएका नेपाली युवा राजेन्द्र कुमार शर्मा( आर के शर्मा )धृष्टता साथ लगाब र मेहनत गर्दै ईन्जिनियरिङ कम्पनी स्थापना गरेका थिए ।ब्याबसायिक निरन्तरता सगै उनले सन् २०१६ मे सम्म आइपुग्दा सम्म पिजन इन्जिनियरिङ्ग ले AL BAYT, AL RAYYAN, AL THUMAMA / EDUCATION CITY STADIUM लगायत सन् २०२२ को कतार स्थित हुने फिफा विश्वकपको डेलिबरी र लेगेसिका लागि सर्वोच्च कमिटिको (sc) मातहतमा सहायक ठेकेदारको रुपमा नियुक्त लिन सफल भएका थिए ।

शर्माका अनुसार, हामी यस मेनपावर क्षेत्रमा धेरै लामो समयदेखी कार्यरत रहेको र कतार स्थित श्रमिक कामदारको कल्याणमा भएको स्थिर प्रगति र विकासको प्रत्यक्षदर्शी भएका छौं ।

फिफा विश्वकप २०२२ का लागि कतारले मुख्यगरि कामदारको अधिकार र सबै भन्दा महत्वपूर्ण श्रमिक कामदारहरुको कल्याणको विकास कल्याणको स्तरलाई पालना गर्न विशेषरुपमा ध्यान दिएको छ । सोही अनुरुप
हालसम्मकै शहरी परिदृष्य र नयाँ युगका कामदारको विकास कल्याणको उल्लेखनिय परिवर्तनको साक्षि पिजन इन्जिनियरिङ्ग भएको छ। कतारमा सर्वोच्च कमिटिका श्रमिक कामदारहरुको विकास कल्याणको स्तर(मापदण्ड) धेरै कडा रहेको छ र त्यसलाई कायम राख्न हामिले धेरै मेहेनत गरेका छौं । हामीलाई थाहा छ सो मापदण्ड पालना गर्न हामिले आफुलाई र श्रमीक कामदारहरुको जीवनलाई सुधार गरिरहेको शर्माले बताए ।

पिजन इन्जिनियरिङले सर्वोच्च कमिटिको श्रमिक कामदारको विकासको मापदण्ड कार्यान्वयन गरेकोले परिणाम स्वरुप नैतिक रुपमा कामदारको जनजीवनमा ठुलो परिवर्तन गरेको छ ।
विश्वका लाखौ कामदारहरु अनैतिक रुपमा लिने भर्ना शुल्कको व्यापक अभ्यासका कारण पिडीत भईरहेका छन् जुन कतारको कानुन बमोजीम अवैध र डब्ल्यु डब्ल्यु स्ट्यानडर्ड का अनुसार निषेधित रहेको छ । पिजन इन्जिनियरिङले सर्वोच्च कमिटिको (कअ) भर्नाशुल्क पुर्नभुक्तान योजनालाई सहजै अपनाएको तथा कमिटि संग संलग्न तथा असंलग्न कामदारहरुलाई २,५०० हाराहारीमा भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।

सर्वोच्च कमिटिको बाह्य मनिटर इम्प्याक्ट लि. ले सञ्चालन गरेको नैतिक रुपमा गरेको कामदारको दरको परिक्षणको नयाँ तथ्याँक अनुसार , सर्वोच्च कमिटिले निर्धारित गरेको मापदण्ड कार्यान्वयनमा पदर्शन गरेको प्रतिबद्धताका कारण कम्पनिले ९८% अंक प्राप्त गरेको छ ।
शर्मा, कामदारहरुको विकास कल्याणको मुख्य स्रोतको रुपमा उनिहरुको जागरुकता , संलग्नता र तालिम रहेको विश्वास गर्दछन् ।

सर्वोच्च कमिटिको संलग्नतामा कम्पनिले आफ्ना कामदारहरुलाई उनिहरुको अधिकार सम्बन्धि शिक्षा प्रदान र निरन्तर रुपमा प्रशिक्षण, तालिम दिएर उनिहरुको सशक्तिकरणमा जोड दिइएको छ ।
सर्वोच्च कमिटिले निर्धारण गरेको मापदण्ड अनुसार कामदारहरुको निरन्तर रुपमा अनिवार्य तालिम प्राप्त गर्न र कार्यक्षेत्र भित्र तथा बाहिर उनिहरुको सुरक्षालाई निश्चितता प्रदान गर्न हामीले हाम्रा कन्ट्रयाक्टरहरुसंग राम्ररी संवेदनशील भएर कारोबार गरिरहेका छौं ।
शर्मा भन्छन्, हाम्रा श्रमिक कामदारहरु हाम्रा परिवार हुन्, उनिहरुको कल्याण, विकास हाम्रो प्राथमिकता हो । विश्वकपको सफलताका लागि हामीले सर्वोच्च कमिटि संग साझेदारी गर्दै काम गरिरहेका छौं र श्रमिक कामदारहरुको विकास र कल्याणको लागि योगदान गरिरहेका छौं जुन २०२२ पश्चात पनि विस्तार भईरहनेछ ।

अहिले हामी कामलार भर्ना गर्ने एजेन्सी सम्बन्धि होसि
यार भएका छौं । हाम्रा कामदारहरु नैतिक रुपमा भर्ना भएका निश्चित गर्नका लागि प्रशासनिक विकास, मजदुर तथा सामाजिक मामिला सम्बन्धि मन्त्रालयमा दर्ता भएका एजेन्सी संग मात्र काम गछौं ।
हामीले प्रत्येक कामदारहरुसंग उनिहरुको अधिकार, गर्नुपर्ने काम, कम्पनिसंगको सम्झौता र कतारको कानुन सम्बन्धि जानकारी दिन प्रत्यक्ष रुपमा अन्तर्वार्ता लिन्छौं, उनले थपे ।

कतारबाट प्रकाशित गल्फ टाइम्स पत्रीकामा आएको उक्त न्युज लाई आधारित गर्दै साभार गरिएको हो । सफल नेपाली ब्याबसाही आर के शर्मा को उक्त पिजन कम्पनीमा दक्षिण एसियाका झन्डै ३००० भन्दा बढी कामदारहरु रहेका छन् ।