सडकमा उत्रिए विधार्थी लिपुलेक हाम्रो हो गो ब्याक इन्डिया

कमला घिमिरे अर्घाखाँची,

भारतको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाइ भारतमा देखाएको भन्दै अर्घाखाँचीमा पनि गो ब्याक इन्डियाको नारा लगाएको छ। भारतले नेपालको भुभाग भारतीय नक्सामा राखेको बिरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पाटी (ने क पा)संबद्ध अनेरास्ववियु काग्रेस संबद्द र ने बि संघ र जनमोर्चा निकट अनेरास्ववियु (छैठौ) भन्दै बिहिवार बिहान बिरोध प्रदशन गरेका हुन। लिपुलेक हाम्रो हो गो ब्याक इन्डिया लेखेकोले कालापानी हाम्रो भारतीय विस्तारवाद मुर्दावाद भन्दै नारा लगाएका थिए।

त्यस्तै अमेरिका बाट वरिष्ट पत्रकार प्रेम बानियाले पनि यस बिषयमा कडा आवाज दिनु भएको जानकारी गराउन चाहन्छौ।
प्रेम बनिया लेख्नु हुन्छ :
यस्तै वेला हो देशनिमित्त बोल्नुपर्ने तर यस्तै विषयमा बोल्दाबोल्दै हो हाम्रानिमित्त समृद्धि प्रलयको विषय भएको !!!!

नेपाल र नेपालीलाई वर्षौंवर्षदेखि छिमेकी भारतले यस्तै ‘कन्टेन्ट’हरु दिइरहेको छ र हामीलाई व्यस्त बनाइदिइरहेको छ । कैले वुद्ध भारतमा जन्मिएका हुन् भनेर भ्रम फैलाइदिन्छ र हामी त्यसको प्रतिवाद गर्दै व्यस्त हुनुपर्छ, यतिसम्म कि पुस्तौंपुस्तादेखि यही विषयमा जुधिरहनुपरेको छ । कैले ‘कन्टेन्ट’का रुपमा सुस्ता दिन्छ र व्यस्त बनाइदिन्छ, कैले पूर्वी नेपालका जंगेपिल्लरहरु ढालिदिन्छ, कैले चाँदनीदोधारा, कैले मध्यतराईका पिल्लरहरुसँग जुध्न बाध्य बनाइदिन्छ!! वेलावेला कालापानीको घाउमा नून हालिदिन्छ ! र, पछिल्लो समय लिम्पियाधुरा र लिपुलेकमा मेरो देशको एउटा चोक्टा नै निल्न खोजेको छ !

यसरी धेरैधेरै वर्षदेखि र पुस्तौंपुस्तादेखि हाम्रो राष्ट्रको पहिचान र शरीरमाथि ऊ तरबार नचाइरहेछ र हामी त्यसैको भयमा व्यस्त छौं । हामीअघिका दर्जनौं पुस्ता वुद्ध नेपालमा जन्मिएका हुन् भन्दाभन्दै बितेर गयो, कति-कति पुस्ता कालापानी र महाकालीको नाममा बितेर गयो । झण्डै एउटा सिंगो पुस्ता सुस्ता जोगाउनु पर्छ भन्दा भन्दै बितेर गयो र अब यो निश्चित छ कि अबका बाँकी केही पुस्ताका लागि लिपुलेक र लिम्पियाधुराजस्ता विषयहरु तयार छन् । अनि हामी कसरी कहिले समृद्ध हुने, कैले अघि बढ्ने ???

मैले आफ्नो पत्रकारिताकालमा सवभन्दा बढि रिपोर्टिग गरेको कुनै विषय छ भने यही सिमाविवाद हो । झण्डै-झण्डै मेरो पुस्ता पनि यसै विषयमा विवाद गर्दागर्दै बितेर जानेछ ! अनि कैले कसरी सोच्ने देशसमृद्धि परिवर्तनका विषयहरु ??? आखिर दुई सरकार मिलेर किन यो विषयलाई सदाका लागि समाप्त पार्न सकिरहेका छैनन् वा चाहिरहेका छैनन् ? यसले धेरै पुस्ताको नष्ट गर्नसक्छ कृपया गम्भीर बनौं ।

जबजब सीमाविवादका विषयहरु आउँछन् अत्यन्त क्रुद्ध भएका मेरो साथी ज्ञानी खड्काको गीत र म्यूजिक भिडियोको याद आउँछ ।
‘खुकुरी झिक्नु नपरोस्, जोगाउन देशको सिमाना
पुर्खाले खेदाए साम्राज्यवाद, विस्तारवादको अब पालो…’

म्यूजिक नेपालले सार्वजनिक गरेको यो भिडियो एक पटक जसरी पनि हेर्नुहोला

अनि आजभन्दा चार वर्ष अगाडि यही लिपुलेक र लिम्पियाधुरालाई व्यापारिक नाका बनाउने चीन र भारतबीचको सम्झौतापछि पनि चुपचाप बसेको नेपाल सरकारलाई यो पहिल्यै थाहा भएको विषय हो भन्नका लागि यहाँ जय स्वाभिमानको एउटा अंक पनि प्रस्तुत छ ।

र, यी सबै घटनाक्रम नियमित आकस्मिकता हुन् । तर, बोल्नचाहीँ छोड्नुहुन्न ।