दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोसीमा खस्यो, १० जनाको मृत्यु : प्रहरी घटनास्थलमा

काठमाडौं। दोलखाबाट काठमाडौं आउँदो गरेको यात्रु वहाक बस सुनकोसी नदीमा खस्दा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन महिला र एक बालकसहितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधव काफ्लेले बताए। बस खोलामा डुबेको छ। बसमा ४० जना सवार रहेको घाइतेले बताएका छन्। अहिले उद्धारको काम भइरहेको प्रहरिले जनाएको छ ।

उनका अनुसार बसमा ४० जना यात्रु रहेका थिए। अब नदीमा डुबेको छ। अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ। ‘बस नदीमा डुबेको अवस्थामा छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि घटनास्थलमा पुगेको छ,’ डिएसपी काफ्लेले भने, ‘बसमा ३०र४० जना यात्रु रहेको जानकारीमा आएको छ।’

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा आइतबार बस खस्दा ६ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।