राजावादीकै कारण राजसंस्था गुम्यो, तिहार पछि राजसंस्था पुनर्स्थापनाको लागि निर्णायक आन्दोलन: नगेन्द्र देउजा

काठमाडौँ: वीर गोर्खालीका अभियन्ता नगेन्द्र देउजाले पार्टीको झोला बोकेर होइन एकजुट भएर राजावादी र हिन्दुवादीले निर्णायक आन्दोलन गरि राजसंस्था र हिन्दु अधिराज्य पुनर्स्थापनाको लागि निर्णायक आन्दोलन गर्न आव्हान गरेका छन । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउजाले वीर गोर्खालीलाई कुनै पदको लोभ नभएको भन्दै राजसंस्था पुनर्स्थापनाको लागि निर्णायक आन्दोलनमा वीर गोर्खाली अभियान सदा साथ रहने बताए ।

राजावादीकै कमजोरीले राजसंस्था गुमेको स्वीकार गर्दै अभियन्ता देउजाले शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालाई कुनै पार्टीबाट संचालित भएको आशंका गर्दै गठबन्धनमा सहभागी नभएर ठुलो भुल गरेको बताए। कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन नेपालले अभियन्ता देउजालाई देशभक्त अभियन्ता सम्मान गरेको छ। अभियानले संबैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु अधिराज्य नेपाल पुनःस्थापना र अखण्ड नेपाल पुनःस्थापना साथै अन्याय परेका लागि न्याय दिलाउने उधेश्यले ‘एनी टाइम फोर्स’ तिहार लगत्तै घोषणा गर्ने समेत उनले जानकारी दिए ।