चितुवाले खाएको नातीको श*ब हेर्न सकेनन् हजुरबाले, खुलाए घटनाको नालिबेली (भिडियो)

भानुमा गोरु तिहारको दिन सात बर्षिय रितिक रोकालाई चितुवाले खायो । आँगनबाटै आक्रमण गरेर घर भन्दा करिब ५० मिटर माथी जंगलमा रितिकको श*ब फेला परेको थियो । गाउँमा देउसी घन्किदै थियो आमा घरभित्र रोटी पकाउँदै थिईन तर हो हल्लाकै बिचमा रितिकलाई चितुवाले लग्यो ।
पहिले पनि एक पटक रितिकलाई चितुवाले आक्रमण गर्ने प्रयास सफल भएन, उनि भाग्यवस बाँचे तर पनि यो पटक उनी बाच्न सकेनन् । रितिकका हजुरबुबा अक्कल बहादुर रोकाका अनुसार नातीको श*ब हेर्न आफू जान नसकेको र अझै पनि अचेत जस्तै भएको बताए । नगरपालिकामा पछिल्लो दुईबर्षको अबधीमा चितुवाको आक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन् भने चार जना घाईते भएका छन् । चितुवा नियन्त्रणका लागी नगरपालिका, जिल्ला प्र्रशासन देखी प्रदेश सरकारले सक्दो सहयोग र पहल गरेका छन् तर पनि नियन्त्रण गर्न सकिएको छैन । पछिल्लो समय प्रदेश सरकारले चितुवा नियन्त्रणका लागी भन्दै ३० लाख रकम बिनियोजन समेत गरको छ । हेर्नुहोस् यो स्थलगत भिडियो ।