महानायक राजेश हमालले खेलेको बिरही कार्कीको आमा-५ युटुबमा भाइरल

काठमाडौं– लोकप्रिय गायक,सर्जक विरही कार्कीको ‘आमा आश्रम’ भाग ५ गीत भर्खर मात्र सार्वजानिक भएको छ। केही समय अगाडि देखि अमेरिकामा बस्दै आएका गायक यसपटक नेपाल आएर यो गीत गरेका हुन्। २०६५ सालमा उनले गाएको आमा गीतमा शुभद्रा अधिकारीको जीवन्त अभिनय रहेको थियो। शो गीतलाई दर्शक श्रोताहरुले अत्याधिक रुचाए पछि यो गीत भाग ५ सम्म बनेको छ। विशेषत आमा नहुने छोराहरु र आमा भएर पनि आमाको महत्व कति हो भन्ने कुरा नबुझ्नेहरुका लागि पनि यो गीत एकदमै सन्देश मुलक गीत हो। कति आमा आफ्नो सन्तान हँुदा हँुदै पनि आश्रममा गएर बस्नुपर्ने बाध्यतालाई पनि यो गीतले चिरफार नगर्ला भन्न सकिन्न।

विरही कार्कीको एकल आवाज रहेको गीतको संगीत विरही कार्की शब्द विरही कार्की र शान्ता कार्की, संगीत संयोजन वि.वि. अनुरागी को रहेको छ, भने गीतको भिडियो निर्देशन शंकर वि.सी.ले गरेका छन्। महानायक राजेश हमाल, सविन बास्तोला, लक्ष्मी गिरी, मिश्री बस्नेत, निरु खड्का, अन्जली अधिकारी, पि.एन सापकोटा, समिक्षा वि.सी, लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको गीतको भिडियो छायाङ्कन अभिनय निर्देशन र गायिकी सबै उत्कृष्ट बनेको छ। उसो त मौलिक गीतका धनी विरही कार्की अहिले मात्र होईन सुनखानीमा सुन, दर्शन छ निहुरेर, लगायतका धेरै गीतका गायक मात्र नभएर लोकप्रिय सर्जकको नामले पनि परिचित छन्। आमाको आँशुले पोल्छ, बेलैमा केही गर छोरा हो, उनको आवाजले यो गीतलाई राम्ररी न्याय गरेको छ।

नेपाल पब्लिकले यो गीतको बारेमा लिएको जानकारीमा उनले आफ्नो आमा यो संसारमा हुनुहुन्न त्यसैले आमाको सम्झनामा पनि यो सृजना मैले लगातार गर्दै आएको छु र आगामी दिनमा पनि यसलाई यसरी निरन्तरता दिने बताए। उनले थपे आमाको माया त्यतिले कहाँ पुग्छर? मैले आमाकै सम्झनामा ‘फुलमाया कार्की फाउण्डेशन ’ मार्फत अनाथ बालबालिकाहरुको पनि हेरचाह गर्दै आएको छु। गीत विरही कार्कीको अफिसियल यूटव च्यानलबाट बजारमा आएको छ।