कुलमान भन्नुहुन्छ ! जति चाहे बिजुली बालेर तिहार मनाउनुहोस्, म लोडसेडिङ हुन दिन्न

Spread the love

काठमाडौं, कात्तिक १० । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो तिहारमा पनि लोडसेडिङ नहुने बताएका छन् ।

तिहारमा बत्ती जान नदिनका लागि सम्पूर्ण सजकता अपनाइएकोले चाहे जति बिजुली खपत गर्न आग्रह गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भनेका छन् तिहारमा चाहे जति बिजुली खपत गर्नुहोस् हामीले सबै ब्यबस्थ गरेका छौँ ।

उनले भनेका छन् ‘तिहारमा बत्ती जाँदैन, ‘चाहे जति बिजुली खपत गर्नुस्।’ उनले भने, ‘कुनै समय १८ घण्टासम्म पनि लोडसेडिङको मारमा परेका नेपालीहरू परेका थिए र अब म त्यो अवस्था आउन दिन्न । मज्जाले बत्ती बालेर तिहार मनाउनुहोस् । तलको भिडियोमा हेर्नुहोस विदुषी माता सपना देबीले कुलमानको बारेमा जे भन्नु भयो !